के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
१
|
५२ पटक हेरिएको
Shares
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ

सारांश

  • काठमाडाै,१० वैशाख ।
  •   पाँचमध्ये चार खेलमा हार भन्नुको अर्थ मात्र एक खेलमा जित ।
  • जारी आईपीएलमा दिल्ली डेयरडेभिल्सको यो यथार्थकाबीच दिल्लीका समर्थक टिमको प्रदर्शनसँग खुशी छैनन् ।

काठमाडाै,१० वैशाख ।  पाँचमध्ये चार खेलमा हार भन्नुको अर्थ मात्र एक खेलमा जित । जारी आईपीएलमा दिल्ली डेयरडेभिल्सको यो यथार्थकाबीच दिल्लीका समर्थक टिमको प्रदर्शनसँग खुशी छैनन् । होउन् पनि कसरी पाँच खेलबाट जम्मा २ अंक जोडेर टिम तालिकाको पुछारमा जो पुगेको छ।

यस्तो बेलामा दिल्लीका समर्थकका लागि टिमको कमब्याक मुख्य चासोको विषय बनेको छ भने दिल्लीमा अनुबन्ध भएका सन्दीप लामिछानेका समर्थक भने सन्दीपले आईपीएलको डेब्यू क्याप लगाएको हेर्न आतुर छन् । छोटो अवधिमै उदयीमान खेलाडीका रुपमा धेरैको आँखामा परिसकेका सन्दीपलाई खेलाए उनले खराब प्रदर्शनका कारण निराश बनाइरहेको टिममा सञ्जिवनीको काम गर्लान कि भन्ने आशा पनि गरिरहेका छन् ।

आईपीएलमा सोमबार दिल्ली डेयरडेभिल्स र किंग्स इलाभेन पञ्जाब खेल्दैछन् । अंक तालिकाको दोश्रो स्थानमा रहेको पञ्जाब र तालिकाको पुछारमा रहेको दिल्लीबीचको खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेपछि दिल्लीमा सुरु हुनेछ ।

खराब लयमा देखिएको दिल्ली आज खेलमा फर्किन चाहन्छ । त्यसका लागि घरेलु फिरोज शाह कोटला मैदान र हजारौँ दर्शक १२ औँ खेलाडीका रुपमा रहेछन् । तर, खेल जित्नका लागि १२ औँ खेलाडी भन्दा बढी मैदानभित्रका ११ जना खेलाडीले खेल्नुपर्छ ।

यसका लागि दिल्लीका प्रशिक्षक रिकी पोण्टिङसंग केही प्रयोग गर्ने जोखिम पनि हुनेछ । यस्तोमा सन्दीप लामिछाने पोण्टिङका लागि एक प्रयोग हुनसक्छन् । किन पनि भने फिरोज शाह कोट्ला मैदानको पिच स्पिनरमैत्री हो । घरेलु मैदानमा सन्दीप टिमका लागि गतिलो विकल्प हुने कुरा दिल्ली डेयर डेभिल्सले पनि स्वीकारेको छ ।

त्यस्तै, प्रशिक्षक पोण्टिङले पनि सन्दिपले क्षमता निखार्दै लगेको र जुनसुकै बेला पनि उनी टिममा पर्नसक्ने बताइसकेका छन् । आज टिममा परे सन्दीपले क्रिस गेल, युवराज सिंह, एरोन फिन्च, डेभिड मिलर, लोकेश राहुललगायतलाई बलिङ गर्न पाउनेछन् । सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगमा क्रिस गेलको टिक सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्समा पाँच हजार डलरमा अनुबन्धित भएका छन् । दिल्लीमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भए पनि अहिलेसम्म मैदान उत्रन पाएका छैनन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hsejar Francu Gnamat

    No

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट
पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !
बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल
कैलालीको टिकापुरमा एमालेको  जित, उपमेयरमा कांग्रेस विजयी,
कैलालीको टिकापुरमा एमालेको जित, उपमेयरमा कांग्रेस विजयी,
कर्मचारी समायोजन छिटो गर्न निर्देशन
कर्मचारी समायोजन छिटो गर्न निर्देशन
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?
भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?
‘विपदपश्चात् हरित पुनःस्थापना’को तयारीमा कर्णाली सरकार
‘विपदपश्चात् हरित पुनःस्थापना’को तयारीमा कर्णाली सरकार