बयान दिँदादिँदै भागेका डिएसपी राउत पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बयान दिँदादिँदै भागेका डिएसपी राउत पक्राउ !

सारांश

  • काठमाडाै, १३ वैशाख ।
  • गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन समिति समक्ष बयान दिँदादिँदै मंगलबार भागेका डिएसपी सञ्जय राउत पक्राउ परेका छन्।
  • समितिले तथ्य केलाउन प्रयास गर्दा दोषी ठहर हुने देखिएपछि आत्तिएर भागेका उनी बुधबार पक्राउ परेको समिति स्रोतले जनायो।

काठमाडाै, १३ वैशाख । गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन समिति समक्ष बयान दिँदादिँदै मंगलबार भागेका डिएसपी सञ्जय राउत पक्राउ परेका छन्।

समितिले तथ्य केलाउन प्रयास गर्दा दोषी ठहर हुने देखिएपछि आत्तिएर भागेका उनी बुधबार पक्राउ परेको समिति स्रोतले जनायो। पक्राउ पुर्जी नदिइ बयान लिइरहेका बेला उनी सोमबार गृहमन्त्रालयबाटै बेपत्ता भएका थिए। त्यस लगत्तै प्रहरीले उनीविरूद्ध पक्राउ सर्कुलर जारी गरेको थियो।

सुन तस्करका मतियार डिएसपी गृहमन्त्रालयबाटै भागेको विषय पेचिलो बनेपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न ७७ जिल्लाका प्रहरी इकाईमा सर्कुलर जारी गरेको थियो। बुधबार राती नै पक्राउ परेका उनीसँग बिहीबार बिहान समितिले गृह मन्त्रालयमा बयान लिएको छ। बयान सकिए पछि उनलाइ थप कानुनी कारवाहीका लागि विराटनगर पठाइएको स्रोतले बतायो।

समितिले अहिलेसम्म पक्राउ गरेका राउत दोस्रो ठूला प्रहरी अधिकारी हुन्। यसअघि एसपी विकासराज खनाल पक्राउ परेका थिए। समितिले दोषी ठहर गरेका एसएसपी श्यामबहादुर खत्री अझै सम्पर्कबिहीन छन्। समितिले प्रहरी प्रधान कार्यालयमार्फत उनलाई उपस्थित गराउन पत्राचार गरे पनि उनी सम्पर्कमा आएका छैनन्। अनुसन्धानमा दोषी देखिएका सई बालकृष्ण सञ्जेल तथा गजेन्द्र रावललाई समितिले मोरङ प्रहरीको जिम्मा लगाइसकेको छ।

यो प्रकरणमा फागुन १८ गते पक्राउ परेका तीन जनासहित सबैलाई एकै पटक अदालतमा मुद्दा बुझाउने तयारी समितिले गरेको छ। समितिले मुद्दा बुझाउने हदम्याद वैशाख २० गतेसम्म छ। बुधबार मोरङ प्रहरीले अदालतबाट २३ जनालाई अनुसन्धान गर्न ८ दिनको म्याद थप गरेको थियो।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Krishna Gurmachhan Magar

    Yesko pani dhad segaunu parxa

    Comment Author

    Kamala Shah

    यसले पनि जेल को हावा खानि भयो

    Comment Author

    Hari Katuwal

    म सन्जय सरलाई राम्रो अफिसरको रुपमा हेर्ने गरेको थिए तर होईन रहेछ ।

    Comment Author

    ब्रो बीन्दाश

    सिधै सुट नगरेर के पकडी राखेको यो धमिरा लाइ

    Comment Author

    Raju Gurung

    Hoin rastra sewak parhari haru ta top 2 bottom nai sun byapari parexan kyare..?

    Comment Author

    Rajkumar Pathak

    भागेर कहाजाने हाेनि डियपिशाप खानेबेलामा खानुभयकाे हाे नि अहिले भागनुहुदैन भनेर थाहाथियाेत किन भागेकाे भागेर सकिन्छ भनेर हाे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?