मान्छे एकजना, जिम्मेवारी ६ वटा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मान्छे एकजना, जिम्मेवारी ६ वटा

सारांश

  • लोमान्थाङ : कर्मचारी अभावले लोमान्थाङ गाउँपालिकामा विनियोजित १४ करोड रुपैयाँ बजेट खर्च गर्न कृषि प्राविधिकको जिम्मा दिइएको छ।
  • प्राविधिक कर्मचारीलाई गाउँपालिकाका वडा र गाउँको आवश्यकता थाहा पाउन र प्राथमिकता निर्धारण गर्न कठिन हुन्छ।
  • कृषि प्राविधिक प्रकाश पुनको काँधमा आफ्नो नियमित काम छँदै छ, गाउँपालिकाका योजना कार्यान्वयनसहित विभिन्न ६ वटा जिम्मेवारी छन्।

लोमान्थाङ : कर्मचारी अभावले लोमान्थाङ गाउँपालिकामा विनियोजित १४ करोड रुपैयाँ बजेट खर्च गर्न कृषि प्राविधिकको जिम्मा दिइएको छ। प्राविधिक कर्मचारीलाई गाउँपालिकाका वडा र गाउँको आवश्यकता थाहा पाउन र प्राथमिकता निर्धारण गर्न कठिन हुन्छ।

कृषि प्राविधिक प्रकाश पुनको काँधमा आफ्नो नियमित काम छँदै छ, गाउँपालिकाका योजना कार्यान्वयनसहित विभिन्न ६ वटा जिम्मेवारी छन्। लोमान्थाङ गाउँपालिकामा विषयगतबाहेक नै १७ जना कर्मचारीको दरबन्दी छ तर प्रमुख प्रशासकीय अधिकृत र सहलेखापालसहित जम्मा ३ जना मात्र कर्मचारी हुँदा बजेट कार्यान्वयन गर्न पनि गाउँपालिका समस्यामा छ।

गाउँपालिकामा विषयगत कर्मचारीको दरबन्दी नै ९ जनाको छ। ५ वटा मात्र वडा रहेको गाउँपालिकामा जनप्रतिनिधिले योजनासहित बजेट विनियोजन गरे पनि कार्यान्वयन गर्ने कर्मचारी छैनन्। देशमा नयाँ शासन प्रणाली लागू भए पनि उपल्लो मुस्ताङवासीले पहिलेकै जस्तो हैरानी र सास्ती खेप्नुपरेको लोमान्थाङ गाउँपालिका–५ का अध्यक्ष रिन्जिङ दोर्जे बिष्टले गुनासो गरे।

एक जना कर्मचारीले १० गुणासम्म काम गर्नुपर्दा प्रभावकारी काम हुन नसकेको भन्दै तत्काल कर्मचारी व्यवस्थापन गरिदिन बिष्टले सरकारसँग मागसमेत गरे। लोमान्थाङ छोसेर र छुनुप गाविस मिलाएर लोमान्थाङ गाउँपालिका निर्माण भएको हो। बिष्टले यसअघि पनि गाविस सचिवले सदरमुकाममै बसेर झोलामा कार्यालय सञ्चालन गर्दै आएको बताए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gurung Man

    बिना योजनाको काम यस्तै हुन्छ, संघियता गएसि यति बेजट चाहिन्छ यति कर्मचारी चाहिन्छ, यति कर्मचारी यहांबाट ट्रान्फर गर्ने यतिजना नयां नियुक्तिगर्ने , दक्षा जनशक्ति पुग नपुग के कति छ ? खोई कहां के को तैयारि ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?