भारतले गर्याे नेपालकाे प्रस्ताव अस्वीकार!

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १६ वैशाख ।
  • भारतबाट आएको खाद्यान्नलाई गुणस्तरको मान्यता दिनै पर्ने गरि सम्झौता भएकोछ।
  • भारतबाट आएको खाद्यान्नलाई नेपालले पनि गुणस्तरको चेकजाँच गरेर भित्राउदै आएकोमा नेपाल –भारत वाणिज्य सचिव स्तरिय बैंठकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाबाट परिक्षण गरेको भन्ने पत्रसहित पठाएको खण्डमा नेपालले सिधै प्रवेश दिनु पर्ने सम्झौता गरेको हो।

काठमाडाै, १६ वैशाख । भारतबाट आएको खाद्यान्नलाई गुणस्तरको मान्यता दिनै पर्ने गरि सम्झौता भएकोछ।

भारतबाट आएको खाद्यान्नलाई नेपालले पनि गुणस्तरको चेकजाँच गरेर भित्राउदै आएकोमा नेपाल –भारत वाणिज्य सचिव स्तरिय बैंठकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाबाट परिक्षण गरेको भन्ने पत्रसहित पठाएको खण्डमा नेपालले सिधै प्रवेश दिनु पर्ने सम्झौता गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विदेशबाट नेपाल भित्रिएको खानेकुरामा गुणस्तरको चेकजाँच गर्दै आएको थियो। तर विहिबार र शुक्रबार बसेको सचिव स्तरिय (आईजीसी) बैठकले भारत सरकारले पत्रसहित पठाएको खण्डमा चेकजाँच नगराउने सम्झौत गरेको छ। यो सम्झौता पश्चात अव भारतिय व्यपारीलाई कमसल सामान नेपाल निर्यातगर्न केहि खुकुलो भएको छ।

बैंठकमा दुई देशबीचको व्यापार र पारवहन सन्धिलाई पुनर्विचार गर्नेदेखि जोईन्ट विजनेश फोरम अघि बढाउने सम्झौता पनि गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर संजुले जानाकारी दिए। भारतसँग रेहकोे व्यापार घाटालाई क मगर्न नेपालले भारतलाई हरेक वस्तु निर्यात गर्न सक्ने सम्भौता भएकोछ।

भारत सरकारले बाह्य देशसँग कृषि समाग्री यातमा भन्सारदर बढाए पनि नेपालको हकमा भने ‘ डिउटी फ्रि’ गर्ने सम्झौता गरेको हो।

नेपाल र भारतको सिमानामा भोग्नु परेको अदुवा, जुट, सुपारी लगायतको कृषिजन्य वस्तुको अवरोध हटाउने, जडिबुटीजन्य पदार्थको निर्यातमा लाग्दै आएको अनावश्य शुल्क हटाउनु पर्ने सम्झौत भएकोछ।

भारतमा रहेको नेपाली विद्यार्थी, पेन्सन होल्डर लगायत नेपालीहरुको बैंक खाता खोल्न सहजता प्रदान गर्ने, नेपालगन्ज, भैरवा, विराटनगरको एकिकृत जाँच चौकी(आईसीपी)को चाँडो निर्माणकार्य गर्न पर्ने, भारतको रेल प्रमुख भन्सार नाकासम्म ल्याउनु पर्ने, सीमा क्षेत्रको खराब सडकको सुधार गर्नुपर्ने सम्बन्धि समेत सम्झौता भएको मन्त्रलायको भनाइ छ ।

लगानी आकर्षण गर्न, वातावरण बनाउन लगायतका लागि नेपाल र भारतबीच जोईन्ट विजनेश फोरम आगडी बढाउने समेतको सम्झौता भएको प्रवक्ता सैजुले जानाकारी दिए।
प्रतिबन्धित नोट सहटीमा सम्झौता हुन सकेन

भारत सरकारले प्रतिबन्ध गरेको पाँच सय र एक हजरको नोट नेपालमा पनि अत्याधिक रहेको नेपाल राष्ट्र बैंकले जानाकारी गराएको छ।

उक्त नोट सटहीमा राष्ट्र बैंकले पनि भारतको केन्द्रिय बैंकसँग पहल गरेको थियो। प्रधानमन्त्री केपि शर्मा ओली भारत भ्रमणमा जाँदा समेत उक्त विषयमा छलफल गर्न राष्ट्र बैंकले सुझाएको थियो। बैंकिङ प्रणलीमा भन्दा व्यक्तिगत च्यानलमा धेरै रकम रेहेको राष्ट्र बैंकले प्रक्षेपण गरेको छ।

नेपालमा करिव ७ अर्व नेपाली रुपैंया बराबर उक्त नोट रहेको राष्ट्र बैंकको प्रक्षेपण छ। यो कुरा सचिव स्तरिय बैठकमा समेत कुरा उठेको थियो। वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेले नोट सटहिको मिति समेत तोकेर सम्झौता गर्ने प्रस्ताव गरे पनि भारतिय पक्षले अस्वीकार गरेको हो।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sabin Rai

    Kp oliko rastra bad yehi ho.

    Comment Author

    Kumar Gahataraj

    commission ko khel…….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?