माग पूरा गर्न हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले अब आवश्यकता पूरा गर्नका लागि आन्दोलन र हड्ताल गर्नु नपर्ने बताएका छन् ।
- श्रमजिवी वर्गका लागि अनुकूल सरकार बनेकाले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको उनले बताए ।
- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब आवश्यकता पूरा गर्नका लागि आन्दोलन र हड्ताल गर्नु नपर्ने बताएका छन् । श्रमजिवी वर्गका लागि अनुकूल सरकार बनेकाले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको उनले बताए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भेटघाटको सुरुवातमा अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृध्दि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गरेका थिए । उनले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रभावकारी सुरुवात हुनु पर्नेमा जोड दिएका थिए ।
जिफन्ट अध्यक्ष श्रेष्ठको प्रस्तुतिपछि प्रधानमन्त्रीले भने– ‘हामी राष्ट्र निर्माणको महाअभियानमा छौँ । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध बलियो हुन्छ, कसरी उत्पादनमा बृध्दि हुन्छ, कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र शोषण अन्याय हुँदैन, त्यसै गर्न वर्तमान सरकार कटिवद्ध छ ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार श्रमजिवी वर्गसँग घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित र उत्पादनमूलक बाटोमा अग्रसर भएको समेत बताए । प्रधानमन्त्रीले जिफन्टका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
Justin Biral
? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Narayan Satyal
प्रधानमन्त्री अाफु कुर्सिमा गयकाेले नत्र सिकाउने त नेतानै हाेनी
Ramesh Baidya
Bholi banda hundaicha hai