रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा

सारांश

  • विराटनगर, २१ वैशाख , मोरङ रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ ।
  • स्वाथ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले सेवा सञ्चालनका लागि उपकरण र चिकित्सकको व्यवस्था मिलाएपछि सो सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा उत्तम देवले बताउनुभयो ।
  • सेवा सञ्चालनका लागि रु २५ लाख मूल्यबराबरका विभिन्न स्वास्थ्य उपकरण खरिद गरिसकिएको जानकारी दिँदै उहाँले जेठको पहिलो हप्ताबाट सेवा सञ्चालनको तयारी भइरहेको छ, यसका लागि थप पाँच वटा शय्याको व्यवस्थासमेत गरिएको छ भन्नुभयो ।

विराटनगर, २१ वैशाख , मोरङ रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ ।

स्वाथ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले सेवा सञ्चालनका लागि उपकरण र चिकित्सकको व्यवस्था मिलाएपछि सो सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा उत्तम देवले बताउनुभयो ।

सेवा सञ्चालनका लागि रु २५ लाख मूल्यबराबरका विभिन्न स्वास्थ्य उपकरण खरिद गरिसकिएको जानकारी दिँदै उहाँले जेठको पहिलो हप्ताबाट सेवा सञ्चालनको तयारी भइरहेको छ, यसका लागि थप पाँच वटा शय्याको व्यवस्थासमेत गरिएको छ भन्नुभयो ।

कर्मचारी व्यवस्थापनका लागि रु २५ लाख खर्च हुने बताइएको छ । अस्पतालमा शल्यक्रिया बेड र आइसियु जडान भइसकेको तथा प्रसूति रोग विशेषज्ञको व्यवस्थासमेत भइसकेको अस्पतालका सूचना अधिकृत गोविन्द कटुवालले बताउनुभयो ।

साधारण प्रसूति सेवामात्र गर्दै आएको सो अस्पतालले साउन महिनादेखि अहिलेसम्म १४० महिलालाई प्रसूति सेवा उपलब्ध गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?