नयाँ बसपार्कमा सबै बस समितिका काउन्टर बन्द गर्ने निर्णय, अब कम्पनीका मात्रै
सारांश
- काठमाडौं, २१ बैशाख ।
- नयाँ बसपार्कबाट सञ्चालित यातायात संघ तथा समितिका सबै काउन्टरहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ ।
- यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको छ ।
काठमाडौं, २१ बैशाख । नयाँ बसपार्कबाट सञ्चालित यातायात संघ तथा समितिका सबै काउन्टरहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवामा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिए । अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछन् । काउन्टर हटाउन लोत्सेले प्रहरी सुरक्षा मागेको छ । लोत्सेको मागअनुसार गृहमन्त्रालयले बसपार्कको सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ ।
बसपार्कभित्रका समितिका काउन्टर हटाएर कम्पनीहरुलाई व्यवस्थितरुपमा राखिने भट्टराईले बताए । अब कम्पनीका मात्रै काउन्टर राख्ने र त्यसलाई सरकारले कडाइका साथ व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ ।
Rk Paul Tmg
Very good
Paudel Laxman
Good jub oli sarkar sere le dekheko adhinayak bad yai hola haina yo kura ma 90% janta ko support cha
Indira Adhikari
Good news
Krishna Prasad Gautam
कतिदिन बन्द गर्लान त यातायात व्यवसायी ले गाडी?
१/२/३/४ आखिर कति दिन?
आजै सरकारले रुट परमिट खारेज गर्दिन्छ,१५ दिनपछि बैंक ले किस्ता माग्छ,परिवार मा छाक टार्ने खजना सकिन्छ,अनि म्याउँ
सरकार पछि नहट,जनताले द्वन्दकाल भोगे, जनआन्दोलन भोगे, नाकाबन्दी भोगे,
भुकम्पले थिचिए र पनि जनता सिन्डिकेट बिरुद्ध सरकार को साथमा छन्,
यस्ता ठग व्यावसायीलाई कार्वाही गर्नैपर्छ,
जनताले सहज र सरल यात्रा गर्न पाउनुपर्छ बरु २/४ महिना सास्ती भोग्नुपरे जनता तयार छन्।
दिमाख खराब !
आन्दोलनको नाममा यात्रुलाई पिडा दिने !!्