मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सारांश

  • सुर्खेत, २१ बैशाख ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुत्केरी गराउन क्षेत्रीय अस्पत्ताल सुर्खेत पुगेकी मनिषा सिंहको निधनका विषयमा आवश्यक छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
  • अस्पतालको लापरवाहीका कारण निधन भएको बताउँदै आन्दोलित आफन्तहरुलाई भेट्न आज अस्पताल पुगेका मुख्यमन्त्री शाहीले छानविनका लागि निर्देशन दिएका हुन् ।

सुर्खेत, २१ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुत्केरी गराउन क्षेत्रीय अस्पत्ताल सुर्खेत पुगेकी मनिषा सिंहको निधनका विषयमा आवश्यक छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । अस्पतालको लापरवाहीका कारण निधन भएको बताउँदै आन्दोलित आफन्तहरुलाई भेट्न आज अस्पताल पुगेका मुख्यमन्त्री शाहीले छानविनका लागि निर्देशन दिएका हुन् ।

प्रसूति व्यथा लागेर हिजो क्षेत्रीय अस्पताल पुगेकी सिंहको आज बिहान निधन भएको थियो । कालिकोट घर भएकी सिंहको निधन लगत्तै अस्पताल पुगेका आफन्तहरुले बिहान ११ बजे भर्ना गरिएकोमा राति १२ बजे मात्र डाक्टरले चेकजाँच गरेको भन्दै अस्पतालको लापरवाहीको कारण मुत्यु भएको दावी गरेका छन् ।

बिहान १० बजे क्षेत्रीय अस्पताल पुगेका मुख्यमन्त्री शाहीले सिंहको निधनका बारेमा अस्पताल प्रमुख डम्बर खड्कासँग जानकारी लिनुका साथै मृतकका आफन्तजनसँग भेट गरेका थिए । स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको बताउँदै मुख्यमन्त्री शाहीले सुत्केरी हुन अस्पताल पुगेकी महिलाको मृत्यु हुनु दुःखद भएको बताए ।

स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको लापरवाही देखिए कारवाही हुने बताउँदै मुख्यमन्त्री शाहीले मृतकका आफन्त तथा परिवारलाई संयमित हुन आग्रह गरेका छन् ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?