कृषिमा युवालाई सहभागी बनाउने पिरलो, कृषि सम्मेलन हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कृषिमा युवालाई सहभागी बनाउने पिरलो, कृषि सम्मेलन हुँदै

सारांश

  • काठमाडौं, २५ वैशाख ।
  • संघीय संरचनामा कानुन बनाउँदा एकीकृत कृषि नीतिको आवश्यकता रहेको विज्ञहरुले बताएका छन् ।
  • उनीहरुले प्रदेश तथा स्थानीय सरकारले कृषि नीति बनाउँदा समग्र कृषि नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिएका हुन ।

काठमाडौं, २५ वैशाख । संघीय संरचनामा कानुन बनाउँदा एकीकृत कृषि नीतिको आवश्यकता रहेको विज्ञहरुले बताएका छन् । उनीहरुले प्रदेश तथा स्थानीय सरकारले कृषि नीति बनाउँदा समग्र कृषि नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिएका हुन ।

फोर एच नेपालद्वारा आयोजित संघीय संरचनामा कृषि नीति र युवा उद्यमशीलता विषयक राष्ट्रिय बहस कार्यक्रममा विज्ञहरुले नीति निर्माण तथा कार्यान्वयन हुनेमा शंका गरेका छन् ।
कृषि नीति राष्ट्रिय बहस कार्यक्रममा राष्ट्रिय योजना आयोगका निवर्तमान सदस्य  प्रभु बुढाथोकीले सरकारले अब राष्ट्रिय योजना बनाउँदा नै युवालाई कृषिमा सहभागिता जनाउने गरी नयाँ योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा कार्यपत्र पस्तुत गर्दै देवेन्द्र गौचनले कृषि नीति आफैमा प्रभावकारी नभएको बताएका छन् । नेपाल वाणिज्य संघ अन्तरगत कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक प्रदिप महर्जनले कृषिमा पनि सरकारले कर लगाएकाले मूल्य बृद्धि भएको बताए र उनका अनुसार कृषि उत्पादन बजारमा जाने बेला ५५ निकायमा कर तिर्नु पर्ने बाध्यता रहेको बताए ।

कार्यक्रममा पोखरा विश्वद्यिलायका प्राध्यापक ऋषिकेश पाण्डेले नेपालमा कृषि अनुसन्धानमा कमी रहेको र सरकारले विना अनुसन्धान नीति बनाएको आरोप लगाए । कार्यक्रममा  चिरञ्जिवी भट्टराईले नेपाल सरकार नीति, योजना तथा कार्यक्रम स्पष्ट नरहेको बताए । आगामी जेठ ६ र ७ गते दोस्रो कृषि उद्यम सम्मेलन हुँदैछ ।

(www.echelon.health)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चले चौधरीको फाइल मगायो
सर्वोच्चले चौधरीको फाइल मगायो
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
प्याराग्लाइडिङको सफल परीक्षण
प्याराग्लाइडिङको सफल परीक्षण
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
खुमबहादुर खड्काको स्वास्थ्य स्थिर, डा. शशाङ्क दिल्लीमा, विभिन्न जिल्लामा पूजाअर्चना
खुमबहादुर खड्काको स्वास्थ्य स्थिर, डा. शशाङ्क दिल्लीमा, विभिन्न जिल्लामा पूजाअर्चना
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
कहि नभएको जात्रा पेरिसडान्डामा  !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
कहि नभएको जात्रा पेरिसडान्डामा !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
मन्त्रीले सचिव कुट्ने कारण यस्तो छ
मन्त्रीले सचिव कुट्ने कारण यस्तो छ
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु

तपाईंले छुटाउनुभयो कि?