यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !

सारांश

  • अस्बिन खड्का , सुनसरी, २८ वैशाख  ।
  •   चारकोशे झाडीमा बेड राखेरै लागू औषध कारोबार गर्ने गिरोहलाई धरान प्रहरीले प्रक्राउ गरेकाे छ।
  • कोठामा सिसी क्यामरा जडान गरी र जंगलमै डिलर राखी लागू औषध प्रयोग गर्ने ६ जना र अन्य ५ जना गरी ११ जनालाई  १ सय ८३ सेट टिडी जेसिक, ६६ हजार नगद, सिसि क्यामेरा जडान गर्ने गरेको ल्यावटप १ वटा र दुई वटा मोवाइल सेट बराबद गर्न सफल भएको  प्रहरीले जनाएकाे छ ।

अस्बिन खड्का , सुनसरी, २८ वैशाख  ।  चारकोशे झाडीमा बेड राखेरै लागू औषध कारोबार गर्ने गिरोहलाई धरान प्रहरीले प्रक्राउ गरेकाे छ।

कोठामा सिसी क्यामरा जडान गरी र जंगलमै डिलर राखी लागू औषध प्रयोग गर्ने ६ जना र अन्य ५ जना गरी ११ जनालाई  १ सय ८३ सेट टिडी जेसिक, ६६ हजार नगद, सिसि क्यामेरा जडान गर्ने गरेको ल्यावटप १ वटा र दुई वटा मोवाइल सेट बराबद गर्न सफल भएको  प्रहरीले जनाएकाे छ ।

प्रहरीले सुराकीको आधारमा धरान १९ मा रहेको प्रकाश राई र सुरज राईको घरमा सिसी क्यामरा जडान गरी बेचबिखन गरेको आरोपमा धरान ४ का मदनकुमार लिम्बु, धरान १६ का हेमन्त राई र सिसी क्यामरा जडान गरी बेचबिखन गर्ने प्रकाश र सुरजलाई  वैसाख २१ गते ५० सेट टिडीसेसिक, ४८ हजार नगद र एउटा ल्यापटप बराद गरेको हो । प्रक्राउ परेका बयानबाट उनीहरुसंगै संलग्न रहेको आरोपमा वैसाख २२ गते मोरङका सम्पतलाल यादव र सन्तोष यादवलाई १ सय सेट टिडी जेसिकसहित प्रक्राउ गर्न सफल भएको हो । उनीहरुलाई धरान १९ बाट प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये सम्पत्तलाल चौधरी नेपाल प्रहरीमा कार्यरत रहदा चोरी गरी भागेका प्रहरी जवान रहेका हुन् । प्रहरीले उनको खोजी कार्यलाई तिब्रता दिएको थियो ।

यस्तै प्रहरीले चारकोशे जंगलमा डिलर खोलेर बसेका थप ५ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा तनहुँका महेश गन्देव, धरान १७ की उषा परियार, विषनप्रसाद राई, टिकाराम परियार र सन्तोष सनुवारलाई ७३ सेट टिडीजेसिक सहित नगद १८ हजार र २ वटा मोवाइल सेट बरामद गरेको छ । प्रक्राउ परेकामध्ये उषा परियार भने जंगलमा डिलर गरेर बसेकाहरुलाई खाना पु¥याइदिने काम गर्ने गरेको डिएसपी पौडलले जानकारी दिए ।

संघीय प्रहरी इकाई कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले उनीहरुलाई प्रक्राउ गर्न सफल भएको डिएसपी पौडेलले जानकारी दिए । प्रक्राउ परेकाहरुविरुद्ध म्याद थप भइसकेको र उनीहरुलाई लागू औषध ओसारपसार ऐन अनुसार कारबाही गरीने डिएसपी पौडेलले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?