घाइते सभामुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौ लगियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
घाइते सभामुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौ लगियो

सारांश

  • पोखरा, २९ वैशाख ।
  • प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी वाथरुममा लडेर गम्भिर घाइते भए पछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ ।
  • टाउकोमा रगत जमेपछि मनिपाल शिक्षण अस्पतालको आईसियुमा उपचार गराएका अधिकारीको शनिबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो ।

पोखरा, २९ वैशाख ।

प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी वाथरुममा लडेर गम्भिर घाइते भए पछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । टाउकोमा रगत जमेपछि मनिपाल शिक्षण अस्पतालको आईसियुमा उपचार गराएका अधिकारीको शनिबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो । उनलाई काठमाडौ स्थित न्युरो हस्पिटलमा उपचार भईरहको सुरक्षा निकायले जानकारी दिएका छन् ।

शुक्रबार बिहानैदेखि खुट्टा दुखेको बताएका उनी दिऊसो साढे ४ बजेतिर बाथरुममा नै लडेका थिए। उनका सहयोगीले तत्कालै उपचारको लागि फेवासिटी हस्पिटल पुर्‍याएका थिए। फेवासिटीमा सिटि स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएको थियो । त्यस पछि सभामुख अधिकारीलाई इन्जियोग्राफि गर्न मेट्रोसिटी हस्पिटल लगिएको थियो ।

शुक्रबारै काठमाडौ स्थित न्युरो हस्पिटल लैजाने तयारी भए पनि हेलिकप्टर नआए पछि मणिपाल अस्पतालको आसियुमा राखीएको उनका सहयोगीले बताए ।  सभामुखको स्वास्थ्य स्थितिको जानकारी लिन तथा  स्वास्थ्य लाभको कामना दिन प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरूले अस्पताल पुगेका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rawal Sher

    Tikai vo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वातावरण संरक्षण सरकारको प्राथमिकतामा: मुख्यमन्त्री शाही
वातावरण संरक्षण सरकारको प्राथमिकतामा: मुख्यमन्त्री शाही
कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या
कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
सातै प्रदेशले पाए मुख्यमन्त्री
सातै प्रदेशले पाए मुख्यमन्त्री
बरुणको ‘जुडवा २’ तापसी र ज्याकलिनको बोल्ड अवतार
बरुणको ‘जुडवा २’ तापसी र ज्याकलिनको बोल्ड अवतार
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
उत्तर कोरियाले गर्यो एकैपटक २ मिसाइल परिक्षण
उत्तर कोरियाले गर्यो एकैपटक २ मिसाइल परिक्षण
चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने
चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त