झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०७४
|
|
४८ पटक हेरिएको
Shares
झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार

सारांश

  • काँकडभिट्टा, १७ जेठ ।
  • झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ ।
  • झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको होे ।

काँकडभिट्टा, १७ जेठ । झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ ।

झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको होे । गौरादह गाउँपालिकामा रोहित साह, खजुरगाछी गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी, कमल गाउँपालिकामा हुकुमसिंह राई र अर्जुनधारा नगरपालिकामा हेमराज खरेललाई प्रमुख पदमा चयन गरेको नेपाली काँग्रेसले जनाएको छ ।

बाँकी रहेका गाउँपालिका र नगरपालिकामा चाँडै उम्मेदवार टुङ्गो लगाउने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव सरेका कारण पनि उम्मेदवार टुङ्गो लगाउन हतार नगरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?