सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!

सारांश

  • काठमाडौं, ३१ वैशाख ।
  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं प्रहरी परिसरले जिल्ला सरकारी वकिल कार्यालय समक्ष पेश गरेको छ ।
  • सोमबार दिउँसो प्रतिवेदन बुझाइएको परिसरका डिएसपी मोहन थापाले बताए ।

काठमाडौं, ३१ वैशाख । दरबारमार्ग सामूहिक बलात्कार प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं प्रहरी परिसरले जिल्ला सरकारी वकिल कार्यालय समक्ष पेश गरेको छ ।

सोमबार दिउँसो प्रतिवेदन बुझाइएको परिसरका डिएसपी मोहन थापाले बताए । प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी भनिएका शैलेश कार्की यसअघि नै पक्राउ परिसकेका छन् भने अन्य ३ जना फरार छन् ।

घटनामा संलग्न विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा बुझाइएको छ । उनीहरुको खोजीका लागि इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गर्ने तयारी गरिएको छ ।

चारै जनाविरुद्ध संगठित अपराधविरुद्धको मुद्दा चलाइएको छ ।

यस्तो थियो घटना

दाङ घर भएकी पीडित युवतीको शैलेश कार्कीसँग फेसबुकमार्फत चिनजान भएको थियो । कुराकानी अघि बढ्दै जाँदा उनीहरुको चिनजान प्रेममा परिणत भयो ।

युवतीको बयान अनुसार सोही अनुरुप कार्कीले युवतीलाई दरबारमार्गको ल्याण्डमार्क होटलमा बोलाए । तर, होटलमा कार्की एक्लै थिएनन्, उनले अरु तीनवटा कोठा बुक गरेर आफ्ना तीन जना साथी राखेका थिए ।

युवकहरु मदिरामा मस्त भएका बेला राति आफूमाथि सामूहिक बलात्कार भएको युवतीको दाबी छ ।

घटनालाई मिलाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालिन प्रहरी अधिकारी नै अग्रसर भएपछि यो बलात्कार प्रकरण चर्चामा आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ ४ गते मंगलवारको राशिफल यस्तो छ
जेठ ४ गते मंगलवारको राशिफल यस्तो छ
असोज ७ गते बुधवारको राशिफल यस्तो छ
असोज ७ गते बुधवारको राशिफल यस्तो छ
बरिष्ठ पत्रकार को हिमालय होटलद्धारा बिजुली चोरी
बरिष्ठ पत्रकार को हिमालय होटलद्धारा बिजुली चोरी
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड
सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड
इन्डोनेसियामा ६.३ म्याग्नीच्युडको भूकम्प
इन्डोनेसियामा ६.३ म्याग्नीच्युडको भूकम्प
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
  लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु
  लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु
राजविराज मा एक महीलाको शंकास्पंद हत्या
राजविराज मा एक महीलाको शंकास्पंद हत्या