सुर्खेतबाट हुम्लाका लागि उडेको कार्गो जहाज सम्पर्कविहिन
सारांश
- काठमाडौं, २ जेठ- आज बिहान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज सम्पर्कविहीन भएको छ।
- बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो सामान लिएर उडेको थियो ।
- जहाजमा दुर्इ जना पाइलट मात्र रहेका छन् ।
काठमाडौं, २ जेठ- आज बिहान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज सम्पर्कविहीन भएको छ।
बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो सामान लिएर उडेको थियो । जहाजमा दुर्इ जना पाइलट मात्र रहेका छन् ।
हुम्लामा जहाज ६ बजेर ५५ मिनेटमा अवतरण गर्नुपर्ने थियो तर, अझैपनि सम्पर्कमा नआएको बताइएको छ ।
नाइनएन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य जहाज क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीले उडाएका थिए।
कार्गो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम गरिरहेको हो ।
जहाजको खोजीका लागि सिमिकोटबाट माउन्टेन एयरको हेलिकप्टर गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । सुर्खेत, सिमिकोट र इनरुट सबै स्थानको मौसम सफा नै रहेको ठाकुरले बताएका छन् ।
प्रतिक्रिया