चुपचाप अख्तियार, चूँ गर्दैनन् भष्ट्रचारी !
सारांश
- काठमाडौ,३ जेठ।
- निकै ठूलो होहल्ला गरेर स्यावासी कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग भष्ट्राचारका ठूला घटनाका बारेमा चुपचाप बसेको देखेर आमजनता आश्चर्यमा परेका छन् ।
- पक्राउ पर्ने बित्तिकै बिरामी हुने राष्ट्रियरोगबाट ग्रस्त चूडामणि शर्मा लगायतका केही ठूला भष्ट्र चूँसम्म नगरी बसेका छन् ।
काठमाडौ,३ जेठ। निकै ठूलो होहल्ला गरेर स्यावासी कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग भष्ट्राचारका ठूला घटनाका बारेमा चुपचाप बसेको देखेर आमजनता आश्चर्यमा परेका छन् । पक्राउ पर्ने बित्तिकै बिरामी हुने राष्ट्रियरोगबाट ग्रस्त चूडामणि शर्मा लगायतका केही ठूला भष्ट्र चूँसम्म नगरी बसेका छन् ।
आयोग र भष्ट्रहरुको यस्तो अर्थपूर्ण मौनताले कतै पर्दाभित्र लाभहानीको राजनीति त चलिरहेको छैन भन्ने आशंका जन्माएको छ ।
अख्तियारको अर्थपूर्ण अलमल
संसदको अर्थ समितिले कर छुट र कर असुलीमा संलग्न व्यक्तिलाई सिधै कारबाही गर्न अख्तियारलाई निर्देशन दिएको धेरै भयो। तर समितिको निर्देशनलाई लत्याउँदै अख्तियारले भ्रष्टाचारको अभियोगमा पक्राउ परेका धेरै व्यक्तिको अनुसन्धान अघि नबढाएर चुपचाप बसेको छ । अख्तियारको ढिलासुस्तीले गर्दा यस्ता थुप्रै व्यक्तिहरु अझै कानूनी दायरामा आउन सकेका छैनन् । अख्तियारले चुडामणि शर्मा, गोपाल खड्का लगायतका व्यक्ति माथि अनुसन्धान पूरा गर्नसकेको छैन्।
पक्राउ परेका शर्मामाथि अख्तियारले बयान लिने काममा समेत ढिलाई गरेपछि विशेष अदालतले शर्मालाई चौथोपटक म्याद थप गरिसकेको थियो । अख्तियारले अझै सम्पूर्ण फाइलको अध्ययन गर्न सकेको छैन । एक करोडभन्दा साना फाइल हेर्न चासो नदेखाएर अख्तियारले शर्माको अनुसन्धानलाई फितलो बनाउने काम गरेको छ । अख्तियारको अनुसन्धानका कर्मचारीकै लापरवाही र उदासिनताले यस्ता थुप्रै अनुसन्धानहरु प्रभावकारी हुन सकेका छैनन् ।
को–को तानिदैछन् अख्तियारमा
अख्तियारको प्रमुखमा दीप बस्न्यात नियुक्त भएपछि लोकमानले भन्ने गरेका ‘ठूला माछा’ अख्तियारको जालोमा पर्न थालेका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेपछि अकूत सम्पत्तिमा अख्तियारले छानविन गरिरहेका विशिष्ट श्रेणीका कर्मचारीहरु आत्तिन थालेको अख्तियारले बताएको छ ।
अख्तियार स्रोतका अनुसार अकूत सम्पत्तिमा छानविनमा परेका कतिपय व्यक्तिसँग तत्कालीन अख्तियार प्रमुख कार्कीले अनुचित फाइदा लिएर तामेलीमा राखेका फाइलसमेत बस्न्यातले खोल्न थालेका छन् । जुन फाइलमा भन्सार, कर, राजस्व, सडक, दूरसञ्चार, काठमाडौं महानगरपालिका र प्रहरी अधिकृतहरुको नाम रहेको छ ।
अख्तियारले नेपाल ट्रष्टका सचिव अर्जुनकुमार कार्की, उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी, सिंचाईबाट सर्तकता केन्द्र हुँदै हाल शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय, भर्खरै सचिव बढुवा भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका देवेन्द्र कार्की, यातायात ब्यवस्था विभागबाट यसअघि सरुवा भएका महानिर्देशक चन्द्रमान श्रेष्ठ, राष्ट्रबैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठमाथि अकूत सम्पत्ति आर्जनमा छानबिन गर्ने जनाएको थियो ।
उनीहरुलाई १३ पाने फारम भराइसकेको अख्तियारले जानकारी दिएको छ । यसअघि अकूत सम्पत्ति आर्जनमा उन्मुक्ति दिएका चुडामणि शर्मा, अर्जुन कार्की, गोपालबहादुर खड्का र भाइकाजी तिवारी छानबिनमा पहिलो सूचीमा परेको चर्चा भएकोमा शर्मा र खड्का निगरानीकै घेरामा परिसकेका छन् । उनीपछि अर्जुन कार्की, भाइकाजी तिवारी आउँछन् ।
अर्जुन कार्कीले नेपाल विद्युत प्राधिकरणमा पीपीए गर्दादेखि भौतिक पूर्वाधार सचिव हुँदा धरान–चतरा–हेटौंडामा सार्वजनिक खरिद नियमावली नै मन्त्रिपरिषद्बाट संशोधन गराएर ठूलो नीतिगत भ्रष्टाचार गरेको बताईएको छ इसंचारपाटिले लेखेकाे छ । उनले भ्रष्टाचारको धन सबै अमेरिकामा पु¥याइसकेका छन् । उनका सपरिवार अमेरिकामै बस्छन् । नेपालको निजामती प्रशासनमा अर्जुन कार्की अर्बपति सचिवका रुपमा चिनिन्छन् । अख्तियारको छानविनमा रहेका सचिव कार्कीमाथि सहरी विकास मन्त्रालयको सचिव हुँदा भूकम्पपीडितको त्रिपाल खरिदमा ११ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लाग्दैआएको छ ।
त्यस्तै अख्तियारले पूर्वआइजीपीहरु वीरेन्द्रबाबु श्रेष्ठ, प्रताप थापामाथि पनि अकूत सम्पत्ति आर्जनमा छानबिन गरेको थियो । अख्तियारले छानबिन सुरु गर्दा उनीहरु अवकाश भइसकेका थिएनन् । यसबाहेक काठमाडौं महानगरपालिकामा भएको अनियमितता र भ्रष्टाचारमा पनि छानबीन गर्नै अख्तियार स्रोतले बताएको छ ।
Justin Biral
? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ αfтєяиσσи <3
? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 1:49 PM ?
??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???