नेकपामा महिलाको भूमिका देखिएन, छलफल गर्छौँ : घर्ती

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ६ जेठ ।
  •   नेपाल कम्युनिष्ट पार्टी गठन हुँदा महिला सहभागिता शुन्य देखिएको छ ।
  • पार्टी संचालनका लागि बनाइएको ९ सदस्यीय सचिवालयमा महिलाको संख्या शुन्य छ ।

काठमाडाै, ६ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी गठन हुँदा महिला सहभागिता शुन्य देखिएको छ । पार्टी संचालनका लागि बनाइएको ९ सदस्यीय सचिवालयमा महिलाको संख्या शुन्य छ ।

अन्य संगठनात्मक संरचनामा पनि पुरुषकै बर्चस्व देखिएपछि नवगठित पार्टीको आलोचना भइरहेको छ । नेकपाकी नेतृ ओनसरी घर्तीले नेपाली कम्युनिष्ट आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण भए पनि नवगठित नेकपामा महिलाको भूमिका र उपस्थिती कमजोर भएको बताईन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै घर्तीले महिला सहभागिताबारे पार्टीभित्र छलफल गरिने बताइन् । नेकपाभित्र जुनसुकै जिम्मेवारी दिए पनि काम गर्न सक्ने महिला नेतृहरु भएको उनले बताइन् ।

“महिला सहभागिता हुनुपर्छ । पार्टीभित्र छलफल गरेर विस्तारै मिलाउँदै जान्छौँ । समृद्ध नेपालका लागि महिला पनि दक्ष हुनुपर्छ । पार्टीभित्र पनि भूमिका हुनुपर्छ ।” उनले भनिन् ।

स्थायी समिति र केन्द्रिय समितिमा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गरिने उनले बताईन् । अहिले तत्काल ३३ प्रतिशत सहभागिता हुन नसके पनि पछि विधानमै उल्लेख गरेर सुनिश्चित गरिने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?