साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश

सारांश

  • मोरङ, ७ जेठ ।
  • साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा न्यायधिसले बहस छिटो सक्न आदेश दिएका छन् ।
  • आरोपितका कानुन व्यवसायीले बहस लम्ब्याउँदै लगेपछि न्यायाधिसले हस्तक्षेप गर्दै बहस छिटो सक्न आदेश दिएका हुन् ।

मोरङ, ७ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा न्यायधिसले बहस छिटो सक्न आदेश दिएका छन् ।

आरोपितका कानुन व्यवसायीले बहस लम्ब्याउँदै लगेपछि न्यायाधिसले हस्तक्षेप गर्दै बहस छिटो सक्न आदेश दिएका हुन् ।

न्यायाधीश नारायाणप्रसाद शर्माको इजलासमा गत आइतबारदेखि पक्षका कानुन व्यवसायीको बहस सुरु भएको थियो। एक हप्ताको समयमा आधामात्र कानुन व्यवसायीले बहस सकेपछि न्यायाधीश शर्माले उनीहरुलाई मंगलबारसम्मको समयसीमा दिएका हुन्। आज सम्म जम्मा ५३ जना कानुन व्यवसायीले बहस गरेको र अझै धेरै संख्यामा कानुन व्यवसायीले इच्छा देखाएपछि न्यायाधीश शर्माले बहस छिटो सक्न प्रतिवादीका कानुन व्यवसायीहरुलाई दबाब दिँदै समय तोकेका हुन्।

एउटै मात्र मुद्दामा दुई हप्तासम्मको समय दिँदा अन्य सेवाग्राही मर्कामा परेको भन्दै बहस समय निर्धारण गर्न र नदोहोर्याई आफ्नो पक्षको कुरा राख्न समेत न्यायधिस शर्माले निर्देशन दिएका छन्। मंगलबारसम्म प्रतिवादीहरुको बहस समाप्त गर्ने र सरकारी वकिलको जवाफ सुनेर निर्णय गर्ने कार्यसूची न्यायाधीश शर्माले कानुन व्यवसायीहरुलाई सुनाएका थिए ३० जना प्रतिवादीहरुको तर्फबाट एक सय कानुन व्यवसायीहरुले बहसका लागि नाम लेखाएका थिए।

पहिलो दिन सुन तस्करी र हत्या प्रकरणमा जिल्ला अदालतमा बहसका लागि १० वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी ८० जनाले नाम लेखाएका थिए। पहिलो दिन गत आइतबार राजधानीबाट गएका वरिष्ठ अधिवक्ताहरुलाई पालो दिइएको थियो। सोमबार र मंगलबार २५ जना अधिवक्ताले आफ्नो पक्षको बचाउमा बहस गरेका थिए।

प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। मुद्दामा प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विपक्षी रहेका छन्। मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाले भने, सभापतिले गुट बनाउनु विधान विपरित
गगन थापाले भने, सभापतिले गुट बनाउनु विधान विपरित
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न
वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !
वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !
निफमा निर्णायक समितिले पायो पूर्णता
निफमा निर्णायक समितिले पायो पूर्णता
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
कांग्रेस सरकारमा नजाने नेता कोइरालाकाे दाबी
कांग्रेस सरकारमा नजाने नेता कोइरालाकाे दाबी
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
‘कसरी गठबन्धन तोड्ने त ?’  प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
‘कसरी गठबन्धन तोड्ने त ?’ प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना  स्थगित;
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित;