ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०७४
|
|
४९ पटक हेरिएको
Shares
ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

सारांश

  • वासिङटन (अमेरिका), १८ जेठ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ ।
  • डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एक पटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रुप लिएको हो ।

वासिङटन (अमेरिका), १८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ ।

डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एक पटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रुप लिएको हो ।

क्यालिफोर्नियामा भएको प्रविधि सम्मेलनमा डेमोक्रेटिक नेता क्लिन्टनले भन्नुभयो, रसियाली सरकारले उनीहरु कतैबाट निर्देशित नबन्दासम्म त्यो सचूनालाई कसरी अस्त्रका रुपमा अमेरिकासँग प्रयोग गर्ने भन्ने विषयमा थाहा हुने थिएन ।

क्लिन्टनले यसो भनिरहँदा आफ्नो निर्वाचन अभियानका समय प्रयोग भएका इमेल ह्याक भएका विषयमा ट्रम्पको संलग्नता रहेको दोषारोपण गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रपति ट्रम्पले जवाफमा ‘धुर्त’ हिलारी क्लिन्टनले अब सबैलाई दोष लगाइसकेपछि आफैलाई पनि दोष लगाउनु हुनेछ तर आफूलाई ‘भयानक’ उम्मेदवार भन्न अस्वीकार गर्नुहुनेछ । उहाँले फेसबुक, डेम्स र डीएसी माथि पनि आक्रमण गर्नु हुनेछ ।

क्लिन्टनले फेसबुकमा फैलिएका झुटा समाचार माथि पनि आंशिक दोषारोपण लगाएको बताउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
भूकम्पको धक्का महसुस
भूकम्पको धक्का महसुस
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली पर्व शुरु
मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली पर्व शुरु
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
पर्सा क्षेत्र नम्बर १ मा फोरमका प्रदिप यादव विजयी
पर्सा क्षेत्र नम्बर १ मा फोरमका प्रदिप यादव विजयी
कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !