खेतीयोग्य जमिनमा अरु काम नगर्नुस् : मन्त्री
सारांश
- काठमाडौँ, १३ जेठ – कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिनमा खेती मात्र गर्न र अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गर्न लागिएको बताएका छन् ।
- नयाँ कृषि नीति ल्याएर कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने अठोट व्यक्त गरे ।
- हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) को १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्तीले कृषि, बसोबास, उद्योगलगायत प्रयोजनका लागि जमिनको वर्गीकरण गरिने जानकारी गराए ।
काठमाडौँ, १३ जेठ – कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिनमा खेती मात्र गर्न र अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गर्न लागिएको बताएका छन् ।
नयाँ कृषि नीति ल्याएर कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने अठोट व्यक्त गरे ।
हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) को १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्तीले कृषि, बसोबास, उद्योगलगायत प्रयोजनका लागि जमिनको वर्गीकरण गरिने जानकारी गराए ।
नेपालमा कृषिको विकासका लागि छलफल, अनुसन्धान र नीतिगत व्यवस्था पर्याप्त भए पनि व्यवहारिक नभएकाले कृषि क्रान्ति हुन नसकेको उनको टिप्पणी छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ganesh Shakya
तपाईंको कुरा सुन्ने को छ यहाँ ?
Dila Ram Bastola
Good