को बन्ला त विजेता ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
३० पटक हेरिएको
Shares
को बन्ला त विजेता ?

सारांश

  • मुम्बई, १३ जेठ ।
  • ७ अप्रिलमा सुरु भएको यस वर्षको आईपीएलको फाइनल खेल आज हुँदै छ ।
  • फइनलमा चन्नइ सुपर किंग र सन राईजर्स हाइद्रावाद भिड्ने भएका हुन् ।

मुम्बई, १३ जेठ । ७ अप्रिलमा सुरु भएको यस वर्षको आईपीएलको फाइनल खेल आज हुँदै छ ।

फइनलमा चन्नइ सुपर किंग र सन राईजर्स हाइद्रावाद भिड्ने भएका हुन् ।

पहिलो क्वालिफाएरमा हाइद्रावादलाई नै हराउँदै चेन्नई फाइनल प्रवेश गरेको थियो । भने हाइद्रावादले शुक्रबार भएको इलिमिनेटरमा कलकत्ता नाइट राइडर्सलाई हराउँदै चेन्नइसँगको पुनः भेट पक्का गरेको हो ।

आज हुने फाइनल खेलमा दुवै पूर्व विजेता टोलि मैदानमा उत्रने छन् । सनराइजर्स हाइद्रावाद २०१६ को विजेता हो भने चेन्नइले २०१० र २०११ मा लगातार दुईपटक उपाधि चुमेको थियो ।
म्याच फिक्सिङको आरोपमा ब्यान भएको चन्नईले दुई वर्षपछि मात्र प्रतियोगितामा भाग लिएको हो । दुई वर्षपछि आउँदा पनि चेन्नईको अन्दाज भने उही छ । आइपीएलको ११ संस्करण चलिरहँदा चेन्नई ७ पटक फाइनल पुगेको छ भने दुई पटकको विजेता हो । यो पटकको खेल भने हुन बाँकि नै छ ।

के चेन्नइले हटाउन सक्ला अभागी टोलिको उपमा
आईपीएल खेलको सुरुदेखि नै दर्ता भएको टोलि चेन्नई यस अघि २००८, २०१०, २०११, २०१२, २०१३ र २०१५ मा फाइनल खेल खेलिसकेको छ । भने सहभागी भएको वर्ष अन्तिम चारमा सधैँ परेको हुन्छ जुन चेन्नईको सजिलै तोड्न नसकिने रेकर्ड हो ।

त्यस्तै २०१३ मा दर्ता भएको टालि हाइद्रावाद २०१६ को विजेता हो भने तिन पटक अन्तिम चारमा स्थान बनाएको छ ।
यस्तोमा फाइनल खेल हेर्न लाएक हुनेछ । खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ सवा सात बजे हुनेछ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kapil Gyawali

    Csk 100%

    Comment Author

    Hom Tiwari

    csk

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?