बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
सारांश
- काठमाडाै, १४ जेठ ।
- तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह सम्बन्धि मन्त्रिपरिषदले गरेकाे निर्णयको फाइल राष्ट्रपति विद्यादेवी भण्डारि कहाँ पुगेकाे छ ।
- कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह गर्ने नगर्ने सम्बन्धि अन्तिम हस्ताइरकाे लागी फाइल राष्टपति कहाँ पठाइएकाे हाे ।
काठमाडाै, १४ जेठ । तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह सम्बन्धि मन्त्रिपरिषदले गरेकाे निर्णयको फाइल राष्ट्रपति विद्यादेवी भण्डारि कहाँ पुगेकाे छ ।
कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह गर्ने नगर्ने सम्बन्धि अन्तिम हस्ताइरकाे लागी फाइल राष्टपति कहाँ पठाइएकाे हाे । भण्डारीले हस्ताक्षर गरेमात्रै कार्यान्वयन हुनेछ ।
ढुंगेललाइ माफी दिने निर्णय राेक्न परेकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी दुवै पक्षलाइ छलफलमा झिकाएका बेला सरकारले अाममाफीकाे निर्णय गरेकाे थियाे । ढुंगेलसहित ८४० कैदीको सजाय छुट गृह मन्त्रालयको प्रस्ताव आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले पारित गरिसकेकाे छ।
कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका ढुंगेलसहित ८४० कैदीको सजाय मिनाह गर्न गृहले सिफारिश गरेअनुसार गृहले फाइल मन्त्रिपरिषद पठाएको हो। गृह स्रोतका अनुसार सजाय माफी भएकामध्ये २५ जना ६५ वर्ष नाघेका ज्येष्ठ नागरिक हुन्। ७१३ जना ४० प्रतिशत कैद सजाय काटिसकेकाहरू हुन्। ‘ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको’ निष्कर्षसहित गृहले बाँकी कैद माफीको सिफारिश गरेकाे थियाे। ‘उहाँकाे हकमा विवाद देखिएपछि गृहले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो’, गृह स्रोतले भन्यो, ‘कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान भइसकेको अवस्थामा छोड्न मिल्छ भन्ने राय आएकाले त्यसैअनुसार गरिएको हो। नियम सबैलाइ बराबरी हाे।’
जिल्ला अदालत ओखलढुंगाले २०६१ मा उज्जन श्रेष्ठ हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। पुनरावेदनबाट सफाइ पाए पनि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।
तत्कालीन डा.बाबुराम भट्टराई सरकारले उनलाई आममाफीका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरेपछि सर्वोच्चमा आममाफीविरुद्ध रिट परेको थियो। सो रिटमा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते माफी मिनाह नगर्न अादेश दिएकाे थियाे।
यस पटक पनि ढुंगेललाई आममाफी दिने तयारी सार्वजनिक भएपछि अदालतको अपहेलना मुद्दा सर्वोच्चमै विचाराधीन रहेको अवस्थामा सत्ता र शक्तिको दुरुपयोग गरी छोड्ने तयारी भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले रिटमा सुनुवाई गर्दै शुक्रबार कारणदेखाऊ आदेश र दुवै पक्षलाई झिकाउने निर्णय गरेको थियो।
(Tramadol)
Balaram Dahal
मिनाह हुनछ नेपाल माा
Mahendra Koirala
अदालत को हात मा पुगे जस्तो लागेको थियो त मुद्दा परेको छ त ?
Padam Rana
आफ्नो पोइको हत्यारा खोज्न नसक्नेले अरु के नै पो गर्न सक्छ्न
Om Sunuwar
यस्तो खाल्को एउटा ब्यत्तिको मुक्ति पाउनुले पुरै देश र जनता माथिको विश्वासमा लात मार्नु हो ,किनकी एउटा खारब ब्यत्तिको हाँसोले हजारौ ब्यत्तिलाइ निराशा पार्छ भने त्यो एउटालाइ नै नस्ट पारेर हजारौलाइ खुशी पार्नु उत्तम हो बाँकी तपाइहरुकै बिचार ! मेरो भन्नु केहि छैन ।म त राम्रोलाइ राम्रो नराम्रोलाइ जरै देखी खतम गर्नु पर्छ भन्ने परें ।
Krishna Thakuri
जुनसुकै पार्टीको भए पनि हत्यारा हत्यारै हो हत्याराले मिनहा पाउनु हुदैन पायो भने पिदितले कहिले पनि न्याय पाउदैन र हत्या हिम्सा कहिल्यै पनि उनमुख हुदैन
Kamala Thapa Basnet
100%sahi krishna thauri jiu
भ्रष्टाचारी गरिब
प्रेम अन्धो हुन्छ ! एकपटक बसेको प्रेम तिरस्कार गर्न पनि सकिदैन ! बरु आफ्नैलाई सिध्याउन सजिलो हुन्छ ! यो पनि त् प्रेम नै हो, तिरस्कार कसरि गर्ने ? प्रेमले भौतिक शरीर मात्र माग्दैन बलिदान पनि माग्छ, त्यसैले स्वीकार गर !
बिगरिय को मानिस भिकारी
बाकी जेल जिवान रास्त्र्प्ती ले भोग्ने कि
Satya Satya
आज ढुंगेलको सजाय मिनाहा हुन्छ भने भोली मदन भण्डारीको हत्यारा पत्ता लागेको खण्डमा उनको पनि सजाय मिनाहाको बाटो खुल्नेछ समयमै विचार गरौ सम्बन्धित निकाय तथा ब्यक्तिहरुले
Dhan Bdr Mahata
Yesto ni hunx r nepal ma xi xi lajko mardo k va k ho yesto
Bijendra Manandhar
शान्तिको नेपाल अशान्तिको नेपाल बनाउन लागेको होला यि बामपंथी सरकारले!ज्यानमारा हत्यारालाइ माफी दियर,यदी बालकृश्नलाइ आममाफी दिने हो भने यस्तै मुद्दामा जेलमा बसिरहेको सबै कैदीहरुलाइ पनि छुताउनु पर्यो,नागरिक त ढुङेलमात्र होइन अरुपनी त हो,
Gita Prasad Dulal
यस्तै काम गर्दै जानुस जनता ले काहा पुरयाउछ्न
Yam Khadka
कारागार नामावली अनुसार जे छ त्यही हुनुपर्छ।
योगस घिमिरे
जेलमा भएका सबैलाई मिनाहा भएको हो कि एकजना मात्रै हो यो पक्षपात र फोर्स सोस पावर ले गरेको जस्तो देखियो
Deuraj Rai
यदि यो ज्यान मारा सामान्ति वालकृष्ण ढुंगेललाई तपाईले छाडिदिनु भयो भने गणतन्त्रको तपाईबाट ठुलो अपमान हुने छ
Lal Lal Singh
Aekdam sahi kura ho
Ram Raj Luitel
Chalan Ho sathi ho
Bijay Pradhan
kripaya aaparadhi lai nachhutaunu hola ,pidit ko aansu lagla hai.:
Taiger Singh
Bichar garau hai kamret
Indu Kumar Khadka
Ke hijo nyay paidaina thiyo ta. Kaha gaye desh ka prabudha barga? Hijo ko itihas lai lanchhana lagauna matra besta?
Babu Raja
नेपाल को कानुन देइब ले जानुन
Waiba Suren Dhadinge
अरु जो सुकै छुटाउन तर ढुंगेल छुटनु भएन।
Gairheshiva Prasad
आफ्नो बुढाकाे दुघटना गराउने लाई खाेजन पहल नगर्ने ले यस्तो मा साइन गर्न के गरो होला र ।
Gairheshiva Prasad
बिश्वश गुमेकाे सरकार
Lal Lal Singh
त्यो कतै हुनसकिदैन येदि तेसो भयो भने नेपाल देशकानुन नाभाको देशको सुचिमा पर्छ