प्रधानमन्त्रीका लागि देउवाद्वारा मनोनयन दर्ता !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रधानमन्त्रीका लागि देउवाद्वारा मनोनयन दर्ता !

सारांश

  • काठमाडौं, जेठ २० – नयाँ प्रधानमन्त्री चयनको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गर्नुभएको छ ।
  • शनिबार बिहान संसद भवन नयाँ बानेश्वर पुगेर देउवाले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्नुभएको हो ।
  • उहाँको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ भने समर्थकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, अखण्ड पार्टी नेपालका कुमार खड्का, समाजबादी जनता दलका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी समर्थक हुनुहुन्छ ।

काठमाडौं, जेठ २० – नयाँ प्रधानमन्त्री चयनको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गर्नुभएको छ । शनिबार बिहान संसद भवन नयाँ बानेश्वर पुगेर देउवाले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्नुभएको हो ।उहाँको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ भने समर्थकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, अखण्ड पार्टी नेपालका कुमार खड्का, समाजबादी जनता दलका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी समर्थक हुनुहुन्छ ।

कांग्रेस सभापति देउवाले मनोनयन दर्ता पछि संसदमा रहेका सबै दललाई प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न पत्र लेख्ने तयारी गर्नुभएको उहाँ निकट कांग्रेस नेताहरुले जानकारी दिएका छन् । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको लागि बिहान ११ बजेदेखि ४ बजेसम्म उमेद्वारी दर्ताको समय तोकिएको छ ।

बेलुका साढे ४ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने प्रधानमन्त्री चयनको लागि आइतबार बिहान ११ बजे मतदान गर्ने कार्यतालिका छ । सभामुख ओनसरी घर्तीले शुक्रबार कार्यव्यवस्था परामर्श समिति र राजनीतिक दलका नेताहरुसँगको छलफल पछि नयाँ प्रधानमन्त्रीको प्रक्रिया अघि बढाउने निर्णय गर्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल
राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए
सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए
बैतडी : समानुपातिकमा एमाले पहिलो पार्टी
बैतडी : समानुपातिकमा एमाले पहिलो पार्टी
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
काठमाडौँको दक्षिणी भेगको रक्षकः जलविनायक गणेश
काठमाडौँको दक्षिणी भेगको रक्षकः जलविनायक गणेश
केही स्थानीय तहमा मनपरि भएको सुनिएको छ : प्रधानमन्त्री ओली
केही स्थानीय तहमा मनपरि भएको सुनिएको छ : प्रधानमन्त्री ओली
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
सजिनाको शीरमा ‘मिस टिन प्रिन्सेसको ताज’ : फस्ट रनरअपको उपाधि प्रियालाई
सजिनाको शीरमा ‘मिस टिन प्रिन्सेसको ताज’ : फस्ट रनरअपको उपाधि प्रियालाई
खाद्यान्नदेखि बिलासिताका सामान किन्न बाहिरियो खर्बौ रुपैयाँँ
खाद्यान्नदेखि बिलासिताका सामान किन्न बाहिरियो खर्बौ रुपैयाँँ

तपाईंले छुटाउनुभयो कि?