कामचोर ठेकदारको नाम र फेटो छाप्नुहोस: गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
कामचोर ठेकदारको नाम र फेटो छाप्नुहोस: गृहमन्त्री थापा

सारांश

  • रत्ननगर, चितवन, १७ जेठ ।
  •   गृहमन्त्री रामबहादुर थापाले  ‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्ने,  ठेकेदारकाे फाेटाे खिचेर सार्बजनिक गर्न माग गरेका छन ।
  • नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई बिहिवार चितवनको सौराहामा सम्बोधन गर्दै थापाले भने यी प्रतिगामीहरु सामन्त वर्ग होइन, दलाल हुन् ।

रत्ननगर, चितवन, १७ जेठ ।  गृहमन्त्री रामबहादुर थापाले  ‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्ने,  ठेकेदारकाे फाेटाे खिचेर सार्बजनिक गर्न माग गरेका छन ।

नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई बिहिवार चितवनको सौराहामा सम्बोधन गर्दै थापाले भने यी प्रतिगामीहरु सामन्त वर्ग होइन, दलाल हुन् । यस्ता ठेकेदार तस्करहरु हुन्, देशको समृद्धिको बाधक हुन् । यिनी खलनायकहरुको फोटो सार्वजनिक गर्नुस् ।’

उहाँले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरे ।

“भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको स्टिङ अपरेशन गर्नु जरुरी छ, चाहे अड्डाअदालतमा हुन् अथवा विभिन्न संघ संस्था या विभिन्न व्यावसायिक क्षेत्रका हुन्”
गृहमन्त्री थापाले भने ।

लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजिपति, राष्ट्र विरोधीको फोटो सार्वजनिक गर्न जरुरी रहेको भन्दै उहाँले फोटो पत्रकारलाई ध्यानाकर्षण गराउनुभयो ।
देशको विकासका लागि यो एउटा आन्दोलन भएको भन्दै उहाँले श्रम नै नगरी कालो अर्थतन्त्र भित्र्याउने पुँजीपति विरुद्ध क्रियाशील हुन उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।
विकासका मुख्य बाधक
विकास विरोधी ठेकेदारको फोटो सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उहाँले राम्रा काम गर्ने ठेकेदारलाई भने अगाडि बढाउनु जरुरी रहेको औंल्याउनुभयो । नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवादी होइन, तस्कर, सिण्डिकेटवाला, दलाल भ्रष्टाचारी नै भएको गृहमन्त्री थापाले ठोकुवा गर्नुभयो । उहाँले तिनीहरुको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी रहेको जिकिर गर्नुभयो ।
पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा गृहमन्त्री थापाको जोड थियो । पत्रकारसँग सहकार्य गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गर्नुभयो । पत्रकारले आर्थिक विकासतर्फ ध्यान दिनुपर्ने भन्दै पाण्डेले लोकतन्त्र आइसकेकाले कसैले पनि पत्रकारको अधिकार खोस्न नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका निमित्त फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । समृद्धिको योजना बनाइरहँदा सरकारले मिडियाको भूमिकाको विषयमा समेत नीतिगत निर्णय गर्न जरुरी रहेको पोखरेलको भनाइ थियो ।
महासंघका उपाध्यक्ष दिलीप थापा मगरले फोटो खिच्न जाँदा राज्यले रोक लगाउने गरेको प्रसंग कोट्याउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
भेलाले आजै फोटो पत्रकारको विषयमा सौराहा घोषणापत्र सार्वजनिक गर्ने महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिनुभयो । महासंघको ५२ जिल्ला शाखामध्ये भेलामा अधिकांश शाखाका फोटो पत्रकार र प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Bishnu Sitaula

    सहि कदम..!

    Comment Author

    Prashanta Silawal

    सबैलाई संरक्षण गर्ने शिर्ष दलका शिर्ष कहलाएका नेता छन्,
    लहरो तान्दा पहरो खस्छ हजुर ।

    Comment Author

    Bishnu Acharya

    yaha manxe ko mullya xina bato ko k kura garnu

    Comment Author

    Omprakash Malla

    Keep it up

    Comment Author

    Dinesh Man Lama

    Karmachari ko milomatoma thekka liyeko hun6 karmachari r thekedar dubailai karbahi hunu par6

    Comment Author

    Hima Parsai

    तोरि डन हो कि के हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?