रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२० पटक हेरिएको
Shares
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली

सारांश

  • हेटौडा , २२ जेठ ।
  •  प्रधानमन्त्री केपी शर्मा  ओलीले नयाँ बनेको पार्टी नेकपामा गुट नहुने बताएका छन।
  • प्रदेश न ३ को प्रदेश सभालाइ सम्बोधन गर्न हेटौडा आएका  बेला नेकपा मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन।

हेटौडा , २२ जेठ । प्रधानमन्त्री केपी शर्मा  ओलीले नयाँ बनेको पार्टी नेकपामा गुट नहुने बताएका छन।

प्रदेश न ३ को प्रदेश सभालाइ सम्बोधन गर्न हेटौडा आएका  बेला नेकपा मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन। ओलीले धेरै मेहनतका साथ् दुइ धारलाइ मिलाएर एक महान र गौरबशाली पार्टी बनेकोले सबै कार्यकर्ता मौरीजस्तो एक हुनु पर्ने बताए ।

अबको यात्रा शान्ति र समृद्दीको भन्दै प्रधानमन्त्रिले पृथकताबादी हाबी हुन खोजे बार्ताद्वारा समाधान खोजि शान्ति प्रक्रियामा ल्याइने नभए कारबाही समेत गरिने बताए ।

उक्त कार्यक्रममा प्रधानमन्त्रिले ५ बर्ष भित्रमा काठमाडौँ देखि रक्सौल सम्म बिधुतिय रेलमार्ग निर्माण सम्पन्न गरि संचालन गर्ने बताए ।  नेपाल अब नया प्रबिधि तर्फ अगाडी बढिसकेको बताउदै प्रधानमन्त्री ओलीले १ बर्षमा डीपीआर तयार भै ५ बर्षमा बिधुतिय रेल संचालनमा आउने बताए ।

पहिला रेलमार्गको कुरा गर्दा हावादारी भन्ने र काम हुने देखेपछि रेल आवश्यक छैन भन्ने प्रवृति गलत भएको भन्दै रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउने भनि कटाक्ष पनि गर्नु भयो। प्रधानमन्त्री ओलीलाई थानकोट देखि चित्लाङ्गसम्म सुरुङ्गमार्ग निर्माणको लागि बजेट बिनियोजन गरे बापत हर्षका साथ् सम्पूर्ण थाहा नगरबासीको तर्फबाट नगरप्रमुख लबशेर बिस्टले मायाको चिनो प्रदान गरेका थिए ।

तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देलले संचालन गरेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कुमारी मोक्तानले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Netra Ghimire

    लाैं

    Comment Author

    Prem Basnet

    गजब को कुरा गर्नु भयो pm ज्यु रेल नेपालमा चल्दैन भन्नेलाइ फिरिमा चढ्न पाइन्छ भने कसले भन्छ र जे होस गफै गफले नेपाल मा रेल आइसक्यो अब सब फिरिमा चढ्ने सानो देस नेपाल बाटै भएको बिस्वको नया रेकट नेपाल बाटै सुरु

    Comment Author

    Tilak Raj Khanal

    Suspension bridge banisake Aaba Train Pani 1 year ma Aaune6.Thanks..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?