प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर

सारांश

  • काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको विरुवा अभियान सुरु गरेका छन् ।
  • विश्व वातावरण दिवसको अवसरमा पारी सिंहदरबारमा लिची र एभोकाडोको विरुवा रोपेका प्रधानमन्त्री ओलीले अभियानको सुरुवात गरेका हुन् ।
  • अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले हिजो मंगलबारमात्रै देशैभरी १ लाख भन्दा बढी फलफूलका विरुवा रोपिएको बताए ।

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको विरुवा अभियान सुरु गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा पारी सिंहदरबारमा लिची र एभोकाडोको विरुवा रोपेका प्रधानमन्त्री ओलीले अभियानको सुरुवात गरेका हुन् ।

अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले हिजो मंगलबारमात्रै देशैभरी १ लाख भन्दा बढी फलफूलका विरुवा रोपिएको बताए । ‘सबैले फलफूलका विरुवा रोप्ने अभियान चलाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘फलफूल रोपे हरियाली पनि हुन्छ । फल खान पाइन्छ ।’ फलफूलको बगैचाले इकोसिस्टम समेत सन्तुलित बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाललाई फलफूलको सुन्दर बगैंचा बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न फलफूल रोपण अभियानले पनि ठुलो सहयोग गर्नेछ” प्रधानमन्त्रीले भने ।

सिंहदरबार परिसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल लगायत मन्त्री र सचिबहरुले समेत विभिन्न जातका फलफूलका विरुवा रोपेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Parsu Regmi

    Auta pangro ta xutex ta aba marne vo biruwa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?