बल्ल वैधानिक दल बन्यो नेपाल कम्युनिष्ट पार्टी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
बल्ल वैधानिक दल बन्यो नेपाल कम्युनिष्ट पार्टी

सारांश

  • काठमाडौं, २५ जेठ – निर्वाचन आयोगले दुई पार्टी एक बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रमाणपत्र दिएको छ ।
  • आयोगको प्रमाणपत्रसँगै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा वैधानिक पार्टी बनेको छ ।
  • नाम जुधेको भन्दै यसअघि राखेको नेकपा अन्डरलाईन हटाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भई प्रमाणपत्र दिइएको हो ।

काठमाडौं, २५ जेठ – निर्वाचन आयोगले दुई पार्टी एक बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रमाणपत्र दिएको छ । आयोगको प्रमाणपत्रसँगै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा वैधानिक पार्टी बनेको छ ।

नाम जुधेको भन्दै यसअघि राखेको नेकपा अन्डरलाईन हटाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भई प्रमाणपत्र दिइएको हो । आयोगले साविकका एमाले र माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न अरू कुनै दललाई दिन नपाउने गरी दल दर्ताको प्रमाणपत्र दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेकपाका महासचिव विष्णु पौडेलले दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र लिने समयमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता देव गुरुङ सहितका नेता निर्वाचन आयोग पुगेका थिए । आयोगका अनुसार नेकपाको क्रमसंख्या ४५ मा दर्ता भएको छ ।

आयोगको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० अनुसार नेकपालाई चुनाव चिह्न सूर्य र झन्डा हँसिया हथौडा दिने निर्णय गरेको छ । ऐनमा भनिएको छ, ‘दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झन्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्नेछैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शाहरुख खानको फिल्म ‘जीरो’ को नाममा बलात्कार
शाहरुख खानको फिल्म ‘जीरो’ को नाममा बलात्कार
बिराटनगरका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निषेधाज्ञा
बिराटनगरका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निषेधाज्ञा
महेश बस्नेतका विकासे एजेण्डाहरुका  अगाडी टिक्ला त  “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
महेश बस्नेतका विकासे एजेण्डाहरुका अगाडी टिक्ला त “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
भूकम्पको चार वर्षः ‘अधिकार आयो, जनशक्ति आएन’
भूकम्पको चार वर्षः ‘अधिकार आयो, जनशक्ति आएन’
महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी
महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी
भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
एकै परिवारकाे ४० लाख लगानीमा भ्यू टावर निर्माण
एकै परिवारकाे ४० लाख लगानीमा भ्यू टावर निर्माण
एक क्विन्टल गाँजा बरामद
एक क्विन्टल गाँजा बरामद
Priyanka Chopra’s mother Madhu responds to BMC notice for illegal construction!
Priyanka Chopra’s mother Madhu responds to BMC notice for illegal construction!