सांसदले नै बीआईसीसीको पानी ट्याङ्कीलाई फुटबल बनाउन भनेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सांसदले नै बीआईसीसीको पानी ट्याङ्कीलाई फुटबल बनाउन भनेपछि…

सारांश

  • काठमाडौं , २७ जेठ ।
  • फुटबलको कुम्भमेला विश्वकप २०१८ सुरु हुन तीन दिन मात्र बाँकी छ ।
  • हुनत नेपालले अहिलेसम्म विश्वकपमा सहभागिता जनाउने अवसर पाएको छैन ।

काठमाडौं , २७ जेठ । फुटबलको कुम्भमेला विश्वकप २०१८ सुरु हुन तीन दिन मात्र बाँकी छ ।

हुनत नेपालले अहिलेसम्म विश्वकपमा सहभागिता जनाउने अवसर पाएको छैन । तर, विश्वकपलाई नेपालले कसरी समर्थन गर्ने भन्ने विषयमा संसद भवनमा समते चर्चा भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले संसदको आइतबारको बैठकमा बोल्दै नेपाल सरकारले बाहिरै बसेर भएपनि विश्वकपमा सहभागिता जनाउनु पर्ने प्रस्ताव राखेका छन् ।

उनले भने –‘हाम्रो यो संसद भवनमा पानी ट्यांकी छ सम्माननीय सभामुख ज्यू, फुटबल जस्तो गोलो चिटिक्क परेको । यसो हेर्दा वर्ल्डकप जस्तो पनि छ । त्यसलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने आकर्षक, सुहाउँदो र नेपालको सहभागिता पनि हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?