डा. देवकोटा पछिलो अवस्था :मान्छे चिन्छन्, बोल्न सक्दैनन् !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
डा. देवकोटा पछिलो अवस्था :मान्छे चिन्छन्, बोल्न सक्दैनन् !

सारांश

  • काठमाडौँ ३० जेठ ,क्यान्सर रोगबाट पीडित बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटा अहिलेपनि आफैले बाँसबारीमा स्थापना गरेको न्यूरो अस्पतालमा छन्।
  • अघिल्लो हप्ता उनको मृत्यु भएको अफवाह फैलियो।
  • तर ती अफवाहलाई डा देबकोटाले गलत सावित गरे।

काठमाडौँ ३० जेठ ,क्यान्सर रोगबाट पीडित बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटा अहिलेपनि आफैले बाँसबारीमा स्थापना गरेको न्यूरो अस्पतालमा छन्। अघिल्लो हप्ता उनको मृत्यु भएको अफवाह फैलियो। तर ती अफवाहलाई डा देबकोटाले गलत सावित गरे। हेलिकोप्टरबाटै सही, उनी आफ्नो जन्मस्थान गोरखाको लिगलिग पुगे। त्यहाँ केही समय बिताए। र, काठमाडौं फर्किए।

बेलायतमा लामो उपचार गरेर फर्किए, नेकपा अध्यक्ष (तत्कालिन माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग १९ बैशाखको भेटमा डा देबकोटाले आफू मृत्युशैयामा रहेको बताएका थिए। यस हिसावले उनी यतिबेला मृत्युसँगको कडा संघर्षमा छन्। र, दर्‍हो आत्मविश्वासका कारण मृत्युमाथि विजय हासिल गरिरहेका छन्।

तरपनि डा देबकोटाबारे अफवाह फैलाउनेहरुको कमी भने छैन। अहिले डा देबकोटाको स्वास्थ्य अवस्था कस्तो छ त? हामीले नेकपाका नेतासमेत रहेका डा देबकोटाका दाजु बाचस्पति देबकोटासँग कुरा ग¥यौँ। देबकोटाले नेपालखबरसँग भने, घाँटी सुन्निएकाले भाईलाई बोल्न गार्‍हो छ। तर वरिपरिका मानिस मज्जासँग चिन्न सक्ने अवस्थामा छन्।’

डा देबकोटालाई जन्मगाउँ लिगलिग लैजानुभन्दा दुई दिन अघि दाजुभाईबीच अस्पतालकै कक्षमा कुराकानी भएको थियो। त्यो कुराकानीमा डा देबकोटाले सबैतिर एकताको खाँचो रहेको बताउँदै ‘घरपरिवार, राजनीति र समाजलाई तपाईंले समाल्नुस्’ भनेका थिए। नेता देबकोटाले भने, ‘मैले सम्हालेकै छु, चिन्ता नलिनू भनेर भाईलाई ढाडस दिएँ।’

डा देबकोटाको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल पुग्नेहरु धेरै भएकाले साँझपख आफूलाई भेट्न आएका दाजुलाई नजिकै देखेपछि डा देबकोटाले नजिक आउन भनेका थिए। त्यसपछि दाजुभाईबीच उपरोक्त कुराकानी भएको थियो। ‘त्यसपछि मैले उसको हात समातें र माडिदिएँ’ नेता देबकोटाले भने, ‘त्यसपछि उ विस्तारै निदायो। त्यसको केही समय पछाडि म अस्पतालबाट निस्कें।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत वर्ष भन्दा ३७ प्रतिशत बढी राजश्व संकलन !
गत वर्ष भन्दा ३७ प्रतिशत बढी राजश्व संकलन !
पर्यटनमन्त्री भट्टराईको छड्के निरीक्षण
पर्यटनमन्त्री भट्टराईको छड्के निरीक्षण
Shailesh Lodha, Bhavya Gandhi and others pay their last respect to Kavi Kumar Azaad, see pics
Shailesh Lodha, Bhavya Gandhi and others pay their last respect to Kavi Kumar Azaad, see pics
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु, २ जना घाइते
कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु, २ जना घाइते
नेपाल आइडलका प्रतिस्प्रधी निशानको आह्वान…..
नेपाल आइडलका प्रतिस्प्रधी निशानको आह्वान…..
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ७ जनाको मृत्यु
जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ७ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?