विश्वकप फुटबल २०१८: २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८:  २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने

सारांश

  • अस्बिन खड्का, ३१ जेठ ।
  •  फिफा विश्वकप फुटबल प्रतियोगिता- २०१८ आज रातिदेखि सुरु हुँदैछ।
  • विश्व फुटबलको महाकुम्भ मेला मानीने सो प्रतियोगिता रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१औं संस्करणको प्रतियोगिताको विधिवत रुपमा उद्घाटन हुनेछ।

अस्बिन खड्का, ३१ जेठ ।  फिफा विश्वकप फुटबल प्रतियोगिता- २०१८ आज रातिदेखि सुरु हुँदैछ।विश्व फुटबलको महाकुम्भ मेला मानीने सो प्रतियोगिता रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१औं संस्करणको प्रतियोगिताको विधिवत रुपमा उद्घाटन हुनेछ।

साँझ हुने उद्घाटन समारोहमा ब्रिटेनका गायक रोबी विलियम्सले आफ्नो प्रस्तुती दिनेछन् भने उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिना र ब्राजिलका पूर्व फुटबलर रोनाल्डोले साथ दिनेछन्।

उद्घाटन समारोह आधा घन्टा चल्नेछ। राति ठिक ८.१५ बजे देखि सुरु हुने समारोह आधा घण्टा चल्नेछ। समारोह लगत्तै आयोजक रसिया र साउदी अरेबिया बीचको खेल सुरु हुनेछ। उद्घाटन समारोहमा रंगशालामा ८० हजार दर्शक उपस्थित हुनेछन्।

६ क्षेत्रबाट भएका छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट ३२ टिमबीच विश्वकपमा प्रतिस्पर्धा हुँदैछ। ३२ स्थानका लागि कुल २ सय ९ टिमले सहभागिता जनाएका थिए। जहाँ ८ सय ६८ खेलमा २४ सय ५४ गोल भएर थिए, जसले ३२ टिमको भाग्यको फैसला भएको थियो।

छानीएका ३२ टिमबीच २१ संस्करणको उपाधिका लागि एक महिना लामो प्रतिस्पर्धा चल्नेछ। ८ समूहमा विभाजन रहेका ४–४ टिमबीच समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट छानिएका २–२ टिम अन्तिम १६ मा पुग्नेछन्। त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ खेल हुनेछ र एक विजेता छानिनेछ।

उद्घाटन हुने लुज्निकी स्टेडियम बारेमा केही जानकारी
आज उद्घाटन हुने लुज्निकी स्टेडियम फिफा विश्वकपमा सर्वाधिक महत्व बोकेको लुज्निकी स्टेडियम रसियाको राजधानीमा छ। यो युरोपकै सबैभन्दा ठूलोमध्येको एउटा रंगशाला हो।

यो मोस्कभा नदीको छेउमा अवस्थित रहेको छ। दर्शकहरूले रंगशाला जाने बाटोमा विश्वका चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्ति समेत देखीने छ। लगभग ४ सय मिलियन अमेरिकी डलर निर्माण खर्च रहेको यस रंगशालामा ८० हजार दर्शक क्षमता रहेको छ। यस स्टेडियममा फिफा विश्वकपको ७ खेल हुनेछ।

यस रंगशालामा उद्घाटन र आयोजक रसिया र साउदी अरेबियाले आज पहिलो खेल खेल्दैछन ,भने जर्मनी र मेक्सिकोले जुन १७ मा, पोर्चुगल र मोरक्कोले जुन २० मा, डेनमार्क र फ्रान्सले २६ जुनमा, राउन्ड अफ १६ को १ जुलाईमा हुने खेल, ११ जुलाईमा हुने सेमिफाइनल र १५ जुलाईमा हुने फाइनल खेल समेत यहीँ लुज्निकी स्टेडियम मा हुनेछ।
विश्वकपको पहिलो खेलः आयोजक रसिया र साउदी अरेबिया, कुन देशको पल्ला भारी रु
आज हुने पहिलो खेलमा आयोजक देश रसियाले एसियाली देश साउदी अरेबिया सँग आमने सामने गर्नेछ। पहिलो खेल त्यसमाथि पनि आयोजक देश भएका कारण रसियामाथि धेरै दबाब रहेको फुटबल विश्लेषकहरुको भनाइ रहेको छ।

खेलाडीहरु
आयोजक रसिया –गोलकिपर:आइगोर किनिफ्भी,भ्लादिमिर गाबुलोभ,सोल्सानजर्नाइभ,
डिफेन्डर:भ्लादिमिर ग्रानाट,फ्योडोरकुद्रिसोभ,लेया कुतेभो,रोमन नोयस्टाटर,कोन्सेटटिन,राउस्च,एन्ड्री,सेमोनोभ,इगोर स्मोलिनी
मिडफिल्डर:यूरी गजिन्स्काई,एलान जोकोभ,एलेक्जेन्डर गोलोभिनएलेक्जेन्डर इरोक्हिन,यूरीजिरोकोभ,रोमन जोब्निन,एलेक्जेन्डर सेमडोभ,एन्टोन मिरान्चुक
फरवार्ड:अर्टिम ज्यूबा,एलेक्सी मिरान्चुक,फोयोडोर स्मोलोभ,फोयोडोर चाओलोभ
साउदी अरेबिया
सन् २००६ पछि पहिलो पटक विश्वकपमा स्थान पक्का गरेको साउदी अरेबियाले यसपटकको विश्वकपमा अर्को चरणसम्म पुग्ने लक्ष्य लिएको छ । पाँचौपटक विश्वकपमा सहभागी हुन लागेको साउदी यसअघि सन् १९९४ मा दोश्रो चरणसम्म पुगेको थियो ।

प्रशिक्षक:जुआन एन्टानियो,

गोलकिपर:अल्फ अल कनी,मोहम्मद अल–ओवेस,यासर अल–मुलालीम,अब्दुल अल–मऊफु,

डिफेन्डर:मनोरञ्जन अल–हरिबी,यासर अल–शाहानी,मोहम्मद अल–ब्रेक,सईद अल–मोहलद,मोटोज हवेली,ओसामा हवेस्वी,उमर हवेस्वी,मोहम्मद जाफली,अली अल–बुलेशी,
मिडफिल्डर:अब्दुल अल–खाबारी,अब्दुललाल अल–खाबरी,अब्दुल ओटाफ,ताइजर अल–जुस्लिम,हाउससेन अल–मोहहाइ
सलमान अल–फरज,नअफअल–अबद,मोहम्मद कांटो,हत्ते बाघ्री,मोहम्मद अल–क्विकबी,सेलम अल–डोसीरी, यया अल–शहिरी
फरवार्ड:फदद अल–मुलालड मोहम्मद,अल–सहलाव,मुहादद अश्री

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?