कम्युनिष्ट पार्टी संस्थापक नेता लामाको निधन
सारांश
- महोत्तरी, ३ असार – महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा निधन भएको छ ।
- २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो जिल्ला संगठन कमिटी गठन हुँदा सदस्य रहेका लामाको हिजो शनिबार निधन भएको हो ।
- जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित आफ्नै घरमा निधन भएको हो ।
महोत्तरी, ३ असार – महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा निधन भएको छ । २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो जिल्ला संगठन कमिटी गठन हुँदा सदस्य रहेका लामाको हिजो शनिबार निधन भएको हो ।
जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित आफ्नै घरमा निधन भएको हो । लामा पछिल्ला केही महिनायता दम र मधुमेहका बिरामी थिए ।
१९८२ सालमा बिजलपुरामै जन्मेका लामा जिल्लामा एउटै कम्युनिष्ट पार्टी रहेका बेला जिल्लामा संस्थापक थिए । जिल्लामा नेकपाका संस्थापक लामा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सञ्चालन गर्न सात वामपन्थी पार्टीले बनाएका संयुक्त वाम मोर्चाका जिल्ला अध्यक्षको नेतृत्व गरेका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Jhanak Puri
Rip
Arun Singh
Hardik shradhanjali
Shankar Mahato
हार्दिक श्रद्धाञ्जली क.कुन्जबिर लामा
Nabin Bomjan
Rip
JN Marasini
Rip
Ganesh Adhikari
हार्दिक श्रद्धाञ्जली कमरेड