बाटोमा भेटिएको सालक प्रहरीको जिम्मामा छोडियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • पाँचथर, २४ जेठ ।
  • विश्वमै लोपोन्मुख जङ्गली जनावरको सूचीमा रहेको सालकको लुकिछिपी चोरी सिकारी गर्ने क्रम बढ्दो अवस्थामा रहेको बेला पाँचथरका एक युवाले भने बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा लगाएका छन् ।
  • फालेलुङ गाउँपालिका–५, लुङमादिनका सन्दिप थाम्सुहाङले सोमबार साँझ बाटोमा भेटेको सालक मङ्गलबार प्रहरीलाई जिम्मा लगाएका हुन् ।

पाँचथर, २४ जेठ । विश्वमै लोपोन्मुख जङ्गली जनावरको सूचीमा रहेको सालकको लुकिछिपी चोरी सिकारी गर्ने क्रम बढ्दो अवस्थामा रहेको बेला पाँचथरका एक युवाले भने बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा लगाएका छन् ।

फालेलुङ गाउँपालिका–५, लुङमादिनका सन्दिप थाम्सुहाङले सोमबार साँझ बाटोमा भेटेको सालक मङ्गलबार प्रहरीलाई जिम्मा लगाएका हुन् । सदरमुकाम फिदिमदेखि घर फर्किने क्रममा साँझ छ बजेतिर थाम्सुहाङले फालेलुङ गाउँपालिका–७, थोक्पनमा उक्त सालक भेटेका थिए ।

मानिस देखेपछि गोलो बनेर बाटोमै बसेको सालकलाई थाम्सुहाङले घरमा लगी प्राङ्बुङ प्रहरी चौकीमा खबर गरी जिम्मा दिएका हुन् । भाले जातको उक्त सालकलाई जिल्ला वन कार्यालय पाँचथरसँग परामर्श गरी जङ्गलमा छोड्ने वा के गर्ने भन्नेबारे निर्णय हुने प्रहरी चौकी प्राङबुङका असइ बलबहादुर श्रेष्ठले बताउनुभयो ।

विश्वबाटै लोप भएर जान लागेको सालकको संरक्षण होस् भने आफूले प्रहरीलाई जिम्मा लगाएको थाम्सुहाङले बताउनुभयो । सालकको खपटा महँगो मूल्यमा लुकिछिपी व्यापारीले खरिद गर्ने गरेका कारण पूर्वी पहाडमा सालकको चोरी सिकारी गर्ने क्रम बढ्दो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
सातै प्रदेशले बजेट ल्याउँदै, के के छन् प्रदेशका बजेटमा ?
सातै प्रदेशले बजेट ल्याउँदै, के के छन् प्रदेशका बजेटमा ?
कांग्रेस नेता गच्छदाद्वारा प्रधानमन्त्रीको राजीनामा माग
कांग्रेस नेता गच्छदाद्वारा प्रधानमन्त्रीको राजीनामा माग
हुम्लाका विद्यालयमा पुस्तकालयको लागि काठमाडौ फुटसल प्रतियोगिता
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’
चितवन क्षेत्र नं ३ : काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे
चितवन क्षेत्र नं ३ : काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे
समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो