पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
२९ पटक हेरिएको
Shares
पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

सारांश

  • इस्लामावाद, पाकिस्तान ।
  • पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
  • पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन् ।

इस्लामावाद, पाकिस्तान । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन् । झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन् ।

नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार घाइते हुनेमा एक हजार ३९३ सर्वसाधारण र ३५७ प्रहरी रहेका छन् । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका कार्यकर्ताहरु पार्टी नेता पक्राउ परेपछि सडकमा उत्रिएका थिए ।

राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले खानलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा लिएको थियो ।

देशको सङ्घीय सरकारले राजधानी इस्लामाबाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तका प्रमुख शहरहरूमा प्रदर्शनकारीहरूलाई रोक्न र कानून र व्यवस्था सुनिश्चित गर्न सेना तैनाथ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?