तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
सारांश
- तुलसीपुर, १४ असार ।
- तुलसीपुर उपमहानगरपालिकाभित्रको विद्युत समस्या समाधान हुने भएको छ ।
- अनियमित विद्युत र लो भोल्टेजका कारणले जनतालाई सास्ती भएपछि उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।
तुलसीपुर, १४ असार । तुलसीपुर उपमहानगरपालिकाभित्रको विद्युत समस्या समाधान हुने भएको छ । अनियमित विद्युत र लो भोल्टेजका कारणले जनतालाई सास्ती भएपछि उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।
प्रमुख पाण्डेले सिमेन्ट उद्योगमा गएको विद्युतको व्यवस्थापन गरेर लो भोल्टेजको समस्या समाधान गर्न पनि आग्रह गरेका हुन् । ऊर्जामन्त्री पुनले तुलसीपुरमा रहेको विद्युतको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउँदै नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई निर्देशन समेत दिएका थिए । उनले विद्युतको समस्या सधैका लागि समाधान गर्नका लागि तीव्रतर गतिमा काम भइरहेको समेत बताए । “हामीले निरन्तर काम गरिरहेका छौ, छिटै यसको दीर्घकालीन समाधान पनि हुन्छ”, ऊर्जामन्त्री पुनले भने ।
यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर प्रशाखा प्रमुख दीपकजंग चौधरीले लो भोल्टेजको कारणले जनताले दुःख पाएको भन्दै त्यसको समाधान गर्नका लागि आफूले पहल गरिरहेको बताए । “हामीले केही गर्न सक्दैनौ, माथिबाट आदेश आयो भने सिमेन्ट उद्योगको विद्युतलाई व्यवस्थापन गरेर समाधान गर्न सकिन्छ”, चौधरीले भने । उनले तत्कालको समस्या समाधान गर्नका लागि सिमेन्ट उद्योगको व्यवस्थापन गर्न आवश्यक रहेको समेत बताए ।
Bhakta Bdr Sodari
Lod Seting Hato Vanxa K ho Para Aajhai Bidhut Niyamit Ko Lagi Diligatino thukka Sarkari Para?