देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ

सारांश

  • – अनुप पौडेल बैंकमा पुँजी अभाव हुने पनि दुई कारण मध्ये एक चक्रिय प्रभाव र अर्को वित्तिय संस्थाको चलाखी हो ।
  • चक्रिय प्रभावका कारण ब्याजदर कम भएको बेला डिपोजिट पनि कम हुन्छ, डिपोजिट कम भएको बेला लगानी कम हुन्छ ,लगानी कम भयो भने ब्याजदर बढ्न थाल्छ ।
  • ब्याजदर बढेपछि फेरि डिपोजिट बढ्छ ।

– अनुप पौडेल

बैंकमा पुँजी अभाव हुने पनि दुई कारण मध्ये एक चक्रिय प्रभाव र अर्को वित्तिय संस्थाको चलाखी हो । चक्रिय प्रभावका कारण ब्याजदर कम भएको बेला डिपोजिट पनि कम हुन्छ, डिपोजिट कम भएको बेला लगानी कम हुन्छ ,लगानी कम भयो भने ब्याजदर बढ्न थाल्छ । ब्याजदर बढेपछि फेरि डिपोजिट बढ्छ । यस्तो खालको यो चक्रिय कारणले पनि बैंकमा कहिलेकाँही पुँजी अभाव हुन जान्छ।

यस्तै बैंक तथा वित्तिय संस्थाले आफ्नो सजिलो बाटो मात्र हेर्दै आए । सजिलो भएको ठाउँहरुमा उच्च लगानी गर्ने उनीहरुको चलाखी छ ।निक्षेप परिचालन गर्ने सन्दर्भमा विशेष खालको रणनीति नअपनाएको हुनाले पछिल्लो समय अप्ठ्यारो परिसकेपछि मात्र निक्षेप परिचालनका लागि बैंकहरुले अनेक किसिमका हतकण्डा अपनाउन थाले । यस्तो कुरामा राष्ट्र बैंकले पनि संवेदनशील भएर कदम चाल्नुपर्नेमा चुकिराखेको अवस्था छ ।

सेयर बजारलाई सबैभन्दा ठूलो समस्या बैंकको ब्याजदरले पारेको छ । अर्थमन्त्री खतिवडाले बिदेशी पुँजी ल्याएर तरलता समस्या समाधान गर्ने बताएका छन् । अहिले शोधानान्तर साढे ६ अर्ब रुपैयाँले घाटामा छ । देशबाट बाहिरिने रकम बढेपछि जहिलेपनि यहाँ बैंकमा पैसाको हाहाकार हुन्छ। यसलाई सम्बोधन गर्ने प्रयास गरिने अर्थमन्त्रीले घोषणा गरेका छन् ।

जसले बैंकमा पैसा जम्मा भइ ब्याजदरलाई घटाउने छ । यसको फाइदा सेयर बजारलाई नै हुने छ । अर्थतन्त्रमा सबैभन्दा ठूला महत्व विश्वास र मान्छेको मनोविज्ञानले राख्छ । बजार व्याजदर र बैंकको तरलता समस्या समाधानमा तत्काल जानुपर्छ । यो समस्याको मुख्य कारण भनेको घरजग्गा र शेयरबजारमा भएको लगानीबाट सोचे अनुसारको प्रतिफल प्राप्त नहुनु र पुनर्चक्रम कमजोर हुनु एक दरिलो कारण हो । यो समस्यालार्इ व्याजदरमा परेको प्रभावले राहत पुग्नसक्छ ।

नयाँ सरकारका लागि मुख्य चुनौती भनेको आर्थिक उन्नती हो । आर्थिक उन्नतिका लागि धेरै चुनौतीहरु छन् । अहिले देशको आर्थिक अवस्था धरापमा छ, अबको मुख्य चुनौती भनेकाो पूँजीगत खर्च बढाउनु, उत्पादन, उत्पादकत्व बढाई पूँजी निर्माण गर्नु हो । त्यसको लागि पैसा होइन अहिले हाम्रो खर्च गर्ने क्षमता र काम गर्ने जाँगर बढाउनु जरूरी छ । समय सबैभन्दा ठूलो पूँजी भएकोले यसको सदुपयोग जरूरी छ । मान्छेको मर्मत संभार (मानवपूँजी विकास) गर्न जरूरी छ । औद्योगिक योगदान बढाउनुका साथै कृषिको औद्योगिक रुपान्तरण जरुरी छ । पैसा नभएरमात्र हाम्रो देशको अर्थतन्त्र पछाडि परेको होइन, खर्च गर्ने क्षमता नभएर, पुजीगत खर्चहरु गर्नुपर्ने ठाउँमा नगरेर या खर्च नभएर देश पछि परेको हो । विकास गर्ने क्षमता भएको भए सरकारले हरेक वर्ष छुट्याउने गरेको बिकास बजेट खर्च हुन नसकी किन बजेट फ्रिज हुने गरेको हो ।

(लेखक पौडेल, नेपालको वित्तिय विकास र आर्थिक बृद्धि सम्बन्धि पी एच डी स्कलर हुन्)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएन जापानका दावेदार शिवप्रसाद पौडेलका २४ प्रतिबद्धता
एनआरएन जापानका दावेदार शिवप्रसाद पौडेलका २४ प्रतिबद्धता
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
Asian Women People
विमान दुर्घटनापछि उद्दारमा नेपालको बंगलादेशले प्रशंसा गर्यो
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई  सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण
‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण