जब डोनल्ड ट्रम्प अाफ्नै विमानमै बेवकुफ बने…

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
जब डोनल्ड ट्रम्प अाफ्नै  विमानमै बेवकुफ बने…

सारांश

  • काठमाडौं, १७ असार ।
  •   संसारका सबभन्दा शक्तिशाली व्यक्ति मानिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनको सबभन्दा सुरक्षित मानिने विमानमै कसैले बेवकुफ बनाएको छ ।
  • अमेरिकाका प्रसिद्ध कमेडियन जोन मेलेन्डेजले आफूलाई न्युजर्सीका सिनेटर रोबर्ट मेनेन्डेज बताउँदै बुधवार राष्ट्रपतिको विमान एयरफोर्स वानमा ट्रम्पलाई फोन गरेको बताए ।

काठमाडौं, १७ असार ।  संसारका सबभन्दा शक्तिशाली व्यक्ति मानिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनको सबभन्दा सुरक्षित मानिने विमानमै कसैले बेवकुफ बनाएको छ ।

अमेरिकाका प्रसिद्ध कमेडियन जोन मेलेन्डेजले आफूलाई न्युजर्सीका सिनेटर रोबर्ट मेनेन्डेज बताउँदै बुधवार राष्ट्रपतिको विमान एयरफोर्स वानमा ट्रम्पलाई फोन गरेको बताए ।

मेलेन्डेजले ट्रम्पसँग भएको कुराकानीको रेकर्डिङ आफ्नो कार्यक्रम द शटरिङ जोन पोडकास्टमा पनि प्रसारण गरेका छन् । त्यसमा अर्कोतर्फ ट्रम्पको जस्तै आवाज सुनिएको थियो ।

न्युजर्सीका सिनेटर मेनेन्डेजविरुद्ध भ्रष्टाचारमा अनुसन्धान गरिएको थियो तर पछि सबै आरोप खारिज गरिएको थियो । ट्रम्पले कुराकानीमा यो मुद्दाको कुरा उठाउँदै भने, ‘तपाईं गाह्रो परिस्थितिबाट गुज्रिनुपरेको थियो र त्यो ठीक थिएन जस्तो मलाई लाग्छ ।’

यस क्रममा दुवै नेताले अवैध प्रवासीको मुद्दादेखि न्यायाधीश एन्थोनी केनेडीको सरुवा लगायतका विषयमा कुराकानी गरे । तर कमेडियन मेलेन्डेजले आफूलाई सिनेटरको सहायक बताउँदै ह्वाइट हाउसमा फोन गरेको जसले गर्दा एयरफोर्स वानमा बसेका अमेरिकी राष्ट्रपतिसँग उनलाई सीधै कुरा गराइदिए ।

यस विषयमा ह्वाइट हाउसका तर्फबाट कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएपछि…
नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएपछि…
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
नवनियुक्त प्रधानन्यायाधीश जबराले सपथ लिए
नवनियुक्त प्रधानन्यायाधीश जबराले सपथ लिए
नेप्से परिसूचक बढ्यो
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान
एमसिसी सम्झौता नेपालका लागि खतरा छ : बिजुक्छे
एमसिसी सम्झौता नेपालका लागि खतरा छ : बिजुक्छे
रुसमा भिजा र मास्टरकार्ड सेवा बन्द
रुसमा भिजा र मास्टरकार्ड सेवा बन्द
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी