जापानी समर्थकले रुँदै स्टेडियम सफा गरेपछि.. (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जापानी समर्थकले रुँदै स्टेडियम सफा गरेपछि.. (फोटो फिचर)

सारांश

  • काठमाडौँ, १९ असार ।
  • बेल्जियमसँग अन्तिम समयमा नमिठो हार भोग्दै एसियाको आशा जापान विश्वकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ ।
  •   रोस्तोभ एरिनामा भएको प्रिक्वार्टर फाइलनलको भिडन्तमा २ गोलको अग्रता लिएर पनि जापानले अन्तिम समयमा नतिजा बेल्जियमलाई सुम्पिन बाध्य भयो ।

काठमाडौँ, १९ असार । बेल्जियमसँग अन्तिम समयमा नमिठो हार भोग्दै एसियाको आशा जापान विश्वकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । 

रोस्तोभ एरिनामा भएको प्रिक्वार्टर फाइलनलको भिडन्तमा २ गोलको अग्रता लिएर पनि जापानले अन्तिम समयमा नतिजा बेल्जियमलाई सुम्पिन बाध्य भयो । 

बेल्जियमसँगको हारपछि विश्व कपको क्वार्टर फाइनलमा पहिलो पटक पुग्ने जापानको सपना पनि अधुरै रह्यो । अन्तिम समयमा गोल खाएपछि स्टेडियममै जापानी दर्शकको रुवाबासी चल्यो ।

निर्धारित सयमसम्म २-२  गोलको बराबरी रहेको खेल अतिरिक्त समयमा धकेलिने अवस्था थियो । तर बेल्जियमका  नेसर चाड्लीले इन्जुरी समय समाप्त हुन १७ सेकेन्ड बाँकी रहँदा गोल गरेपछि जापानी समर्थक र खेलाडी स्तब्ध भए । यति हुँदा हुँदै पनि स्टेडियममा उपस्थित जापानी समर्थकले आफ्नो सभ्यतालाई भुलेनन् । बेल्जियमले गोल गरेलगत्तै खेल सकिएपछि निराश जापानी समर्थकहरु बाहिरिएनन्, उनीहरु उल्टै स्टेडियमको प्याराफिटमा जम्मा भएको फोहोर उठाउन जुटे । जापानी समर्थकले हारबाट गहिरो चोट बोके पनि स्टेडियममा बेल्जियमका समेत समर्थकहरुले गरेको फोहोर आफैँले टिपेर व्यवस्थापन गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Raju Budathoki Budathoki

    Kine royako japan ko vabishe ramroxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?