ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु

सारांश

  • अस्बिन खड्का, २० असार।
  • सुनकोसी गाउँपालिका ८ मा भएको जीप दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ ।
  • मुलखर्कबाट ओखलढुंगा आउँदै गरेको बा १५च ८८४३ नम्बरको जीप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खसेको हो ।

अस्बिन खड्का, २० असार। सुनकोसी गाउँपालिका ८ मा भएको जीप दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ ।

मुलखर्कबाट ओखलढुंगा आउँदै गरेको बा १५च ८८४३ नम्बरको जीप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खसेको हो । दुर्घटनामा परेर सुनकोसी गाउँपालिका–८ का ललीमाया थापा मगर र डिल्ली दर्जीको ज्यान गएको हो ।

मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको सनाखत हुन सकेको छैन । उनीहरुलाई उद्धार गरेर सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका लागि पठाइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले जानकारी दिनुभयो ।

रोकेर राखेको अवस्थामा यात्रु चढ्न खोज्दा चिप्लिएर जीप भीरबाट १ सय ५० मिटर तल खसेको स्थानीयले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर  तिर्यो
एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिर्यो
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन
ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा  जनमोर्चा नेपाल पनि सामेल
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर
सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर
प्रधानमन्त्री कार्यालय पनि पुनर्संरचना गरिने, कस्तो बन्छ?
प्रधानमन्त्री कार्यालय पनि पुनर्संरचना गरिने, कस्तो बन्छ?
किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
बाँदरले बस्ती नै उठायो !
संगीतमा सफल र प्रेममा असफल अरिजित सिंहकाे लुकेकाे पाटाे
संगीतमा सफल र प्रेममा असफल अरिजित सिंहकाे लुकेकाे पाटाे
निधिको कुर्सीमा थापा बसेपछि उपप्रधानमन्त्रीको मर्यादाक्रम विवाद –

तपाईंले छुटाउनुभयो कि?