सर्वोच्च अदालतको बार एसोसियसन अध्यक्षमा अधिकारी निर्वाचित
सारांश
- काठमाडौँ, २४ असार – सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
- शनिबार साँझ सम्पन्न भएको मतदानबाट अधिकारीले ३०३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् ।
- उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत ल्याएका थिए ।
काठमाडौँ, २४ असार – सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
शनिबार साँझ सम्पन्न भएको मतदानबाट अधिकारीले ३०३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत ल्याएका थिए । सर्वोच्च अदालत बारको उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्ष सरोजकृष्ण घिमिरे निर्वाचित भएका छन् ।
महिला सदस्यमा किरणकुमारी गुप्ता, सदस्यमा राजु आचार्य, राजाराम उपाध्यय, पुष्पराज पौडेल, दीपेन्द्रकुमार राई, रमेश महर्जन, भुवनप्रसाद काफ्ले, कल्याण पोखरेल र सन्तोषकुमार महतो निर्वाचित भएको बारले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया