प्रवासी नेपालीहरुका यस्ता समस्या नेपालका दुई मन्त्रीहरुको टेबुलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
प्रवासी नेपालीहरुका यस्ता समस्या नेपालका दुई मन्त्रीहरुको टेबुलमा

सारांश

  • काठमाडौं, २९ असार ।
  • अन्तर्राष्ट्रिय नेपाली एकता समाजले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन बुझाएको छ ।
  • एकता समाजका अध्यक्ष गङ्गा पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौं, २९ असार । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन बुझाएको छ । एकता समाजका अध्यक्ष गङ्गा पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा एकता समाजले ओमनबाट विदामा घर फर्केका नेपाली घरेलु महिला कामदारलाई पुनः सोही रोजगारीमा जान पाउनुपर्ने, सरकारको प्रत्यक्ष निगरानीमा वैदेशिक रोजगारी सञ्चालन गर्नुपर्ने, विदेशस्थित नेपाली नागरिकहरुलाई मतदान र प्रतिनिधित्वको अधिकार दिनुपर्ने र गैरकानुनी ढङ्गले युरोप, अमेरिका लगायतका देशमा पठाउने नाममा भएका विकृतिको अन्त्य गर्नुपर्ने मागहरु समेटिएका छन् । त्यसैगरी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बुझाइएको ज्ञापनमा ओमनमा त्यहाँको राजदूतावासको रोहबरमा नेपालीहरुको एउटै सोसियल क्लब दर्ता गर्नु पर्नेमा गैरआवासीय नेपाली संघले एकतर्फी क्लब दर्ता गरेको विषय समेटिएको छ ।

त्यस अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रतिनिधि मण्डलसितको कुराकानीमा वैदेशिक रोजगारीमा देखापरेका विकृति अन्त गर्न सरकार लागिपरेको बताए । “अहिलेलाई ती विकृति न्यूनीकरणको प्रयासमा छौं”, एकता समाजका महासचिव शोभाकान्त लामिछानेले मन्त्री विष्टको भनाइ उद्धृत गर्दै भने । त्यसैगरी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ओमनमा कुनै एक नेपाली संगठनको नाममा मात्र सोसियल क्लब दर्ता हुनु उचित नभएको बताउँदै आफूले यसबारेमा पहल गर्ने आश्वासन दिएको पनि लामिछानेले बताए ।

त्यस अवसरमा महासचिव शोभाकान्त लामिछाने, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोविन्द सिंह थापा, ओमन नेपाली एकता समाजका केन्द्रीय सदस्य श्यामलाल रेग्मी, ओमन नेपाली एकता समाजका पूर्व उपाध्यक्षहरु घनबहादुर लामा र नारायण ज्ञवाली तथा राजमो नेता कृष्ण आचार्यको प्रतिनिधिमण्डल पुगेको थियो ।

परराष्ट्र मन्त्रालयलाई बुझाइएको ज्ञापनपत्र

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुझाइएको ज्ञापनपत्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो
अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो
‘तिमीले हामी सबैलाई छोडेर गयौ प्रिय उपेन्द्र!’ : डा. भट्टराई
‘तिमीले हामी सबैलाई छोडेर गयौ प्रिय उपेन्द्र!’ : डा. भट्टराई
समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु
भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
राम्रा कामको प्रचार नहुँदा  नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो
बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो
पार्टी एकता प्रधानमन्त्री ओली र प्रचण्डमा भर, आज छलफल हुँदै
पार्टी एकता प्रधानमन्त्री ओली र प्रचण्डमा भर, आज छलफल हुँदै
भोलि एकताको सबै विषय टुँगो लाग्ने प्रचण्डको दावी
भोलि एकताको सबै विषय टुँगो लाग्ने प्रचण्डको दावी
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु