सुन तस्करी: तिलगंगा बाट अवैध सुन सहित २ जना पक्राउ
सारांश
- काठमाडौं, १ साउन ।
- बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गहनाहरु तस्करी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरुमा धनुषा शहिदनगर नगरपालिका-३ घर भई हाल काठमाडौं गौशाला बस्ने ५० वर्षीय मुनिलाल भन्ने राम सुगारत यादब र काभ्रे धुलिखेल नगरपालिका-४ घर भई हाल बौद्ध बस्ने ३२ वर्षीय पाल्देन लामा रहेका छन् ।
काठमाडौं, १ साउन । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गहनाहरु तस्करी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषा शहिदनगर नगरपालिका-३ घर भई हाल काठमाडौं गौशाला बस्ने ५० वर्षीय मुनिलाल भन्ने राम सुगारत यादब र काभ्रे धुलिखेल नगरपालिका-४ घर भई हाल बौद्ध बस्ने ३२ वर्षीय पाल्देन लामा रहेका छन् ।
काठमाडौं महानगरपालिका-९ तिलगंगा बागमती पुल स्थित सडक खण्डबाट ४ लाख ८७ हजार ९ सय ४५ रुपैयाँ बराबरको ९९.५ ग्राम अबैध सुनको चुरा २ थान सहित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै लामालाई असार ३० गते काठमाडौं महानगरपालिका-९ शम्भुमार्ग स्थित सडक खण्डबाट करीव ४ लाख ८८ हजार रुपैयाँ बराबरको १ सय ग्राम सुनको चुरा २ थान सहित पक्राउ गरेको थियो ।
उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालय गौचर काठमाडौंमा पठाएको छ ।
प्रतिक्रिया