किन देखिन्छ केसी समर्थक जुलुसमा चारतारे झण्डा ?
सारांश
- काठमाण्डौं, ६ साउन।
- अहिले एक जना डाक्टरले गरेको अनसनलाई लिएर सडक तताउने प्रयास भएको छ ।
- मनमा चारतारे झण्डा ओढेका हरु बुद्धिजीवीका नाममा सडकमा आएका छन् ।
काठमाण्डौं, ६ साउन। अहिले एक जना डाक्टरले गरेको अनसनलाई लिएर सडक तताउने प्रयास भएको छ । मनमा चारतारे झण्डा ओढेका हरु बुद्धिजीवीका नाममा सडकमा आएका छन् । उनीहरु जे नाममा आएपनि कांग्रेस भएर मर्न र बाँच्नका लागि यो धर्तीमा जन्मेका जस्ता भएका छन् । उनीहरुका बिगतका ब्यबहाराले समेत यो कुरा पुष्टि गरीसकेको छ । शनिबार राजधनीमा एउटा गजबको घटना भयो। बुद्धिजीवीका नाममा बानेश्वरमा भईरहेको एउटा कोण सभामा कांग्रेसको झण्डा मिसियो। तरुणदलका नाममा आएको काग्रेसको त्यो जुलुस बानेश्वरमा मिसिदा जन्मजात नकारात्मक लेख्न र बोल्न जान्ने खगेन्द्र संग्रोला सरकारविरुद्ध तीतो ओकलीरहेका थिए ।
शनिबार माईतीघर मण्डलाबाट सोलिडारिटीका नाममा निकालिएको सो जुलुसमा सरकारले दिएको पेन्सन खाएकाहरु , सरकारी जागिर खाएर अघाएकाहरु सरकारविरुद्ध डकार्दे थिए। लाग्थ्यो जीवनको अन्तिम कालखण्डमा उनीहरु नेकपाको विरोध गरेर बिताउन चाहन्छन् । अब उनीहरुको रोजगारी यसैगरी चल्ने छ। शनिबार नयाँं बानेश्वर सोलिडारिटीका नाममा सभा चलिरहँदा कांग्रेसको जुलुस सडकको बायाँ तर्फबाट अगाडि बढ्यो। शीर्षक नाम र ब्यानर जे भएपनि दायाँं तर्फ चल्दै गरेको सभा र बायाँ तर्फ अगाडि बढ्दै गएको उद्धेष्य एउटै थियो – केसीको नामबाट सरकारमाथि प्रहार, आखिर उनीहरु थिए तरुण दलका तरुण । त्यसैले तरुण स्वभाव देखाएर प्रहरी माथि जाईलाग्ने, ईटा हान्ने र प्रहरीको ब्यारीकेट फाल्ने काम गरे।
सबैलाई थाहा छ अहिले दुईतिहाई सहितको कम्युनिष्ट सरकार छ । यसले राम्रोसँग काम गर्न पायो भने देश कायपलट हुन्छ। देश कायपलट हुनु भनेको कांग्रेस रसातल भासिनु हो । त्यसैले कांग्रेस आफु जोगिन देशलाई पछाडि धकेल्न चाहन्छ । गोविन्द केसी जन्मजात कांग्रेस हुन भन्ने कुरामा कुनै द्धिविधा छैन । उनका कति माग जायज कति नाजायज त्यो बेग्लै बिषय हो । तर उनको अनसनलाई टेकेर कांग्रेस सरकारविरुद्ध उत्रिएको छ । त्यसैले अव केसीका हरेक अनसन र आन्दोलनमा देखिनेछन् चारतारे झण्डा ।
Ravi Manandhar
माैकाकाे खाेजी ।
Krishna Shrish
Rastri janamorchha nayasakti nekapa etc sabaiko dekhinchha
Arjun Bista
Hahaha
Shyam Sunder Shrestha
यो जुलुसै कांग्रेसको हो
Dilip Oli
के सि काङ्ग्रेस भएर
Krishna Thakuri
के सी काे नाममा राजनीति गरेपछि चार तारे झन्डा नदेखिए अरू के देखिन्छ त