नेकपाले अभियान चलाएरै सरकारको प्रतिरक्षा गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेकपाले अभियान चलाएरै सरकारको प्रतिरक्षा गर्ने

सारांश

  • काठमाडौं, ६ साउन ।
  • नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माथी चौतर्फी आक्रमण र विरोध हुन थालेपछि सरकारको प्रतिरक्षाका लागी नेकपाले अभियान चलाउने भएको छ ।
  • केही दिन अगाडी प्रधानमन्त्री ओलीले पार्टी केन्द्र्रीय कार्यालयमै आफ्नै पार्टीले गरेको राम्रा कामको प्रचार नभएको र सरकारमाथी आक्रमण हुदा समेत कोही नवोलेको प्रति अष्तुष्टि जनाएका थिए ।

काठमाडौं, ६ साउन । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माथी चौतर्फी आक्रमण र विरोध हुन थालेपछि सरकारको प्रतिरक्षाका लागी नेकपाले अभियान चलाउने भएको छ ।
केही दिन अगाडी प्रधानमन्त्री ओलीले पार्टी केन्द्र्रीय कार्यालयमै आफ्नै पार्टीले गरेको राम्रा कामको प्रचार नभएको र सरकारमाथी आक्रमण हुदा समेत कोही नवोलेको प्रति अष्तुष्टि जनाएका थिए । त्यसको केही दिनमा नेकपाका महासचिव विष्णु पौडेल कमाण्ड सम्हाल्दैछ छन ।

पहिलो चरणमा पार्टी निकट डाक्टरहरुको नेतृत्वसँग भेटेर त्यसको प्रतिवाद कसरी गर्ने र गोविन्द केसीको मुद्दालाई कसरी कमजोर पार्ने रणनीतिमा छलफल हुदै छ । डाक्टरहरु सम्भव भएसम्म आजै प्रधानमन्त्रीसँग या प्रधानमन्त्रीको टाईम नमिलेमा नेकपाका महासचिव पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित बसेर योजना बनाउने तयारी गरिएको छ । दृष्टि साप्ताहिकका अनुसार डाक्टरहरुसंको भेटपछि नेकपाको मुख्यालयमा एक बजे पार्टी निकटका केही पत्रकारहरु र यो अभियानमा लागेकाहरुसँग गोप्य छलफल गरी मिडियामा कसरी प्रस्तुत हुने र आफु निकटकालाई कसरी प्रयोग गर्ने भन्ने योजना नेतहरुले बनाउदै गरेको नेकपा श्रोतले जनाएको छ ।

सरकार पक्षमा पार्टीका नेताहरु खुलेर नलागेको आरोप लगाउदा लगाउदै प्रधानमन्त्री ओलीले वालुवाटारमा पनि आफु निकट र भेट्न आउनेहरुलाई झपार्ने गरेको बुझिएको छ । केपी ओलीको समुहमा हु भन्नेहरु समेत गोविन्द केसीको आन्दोलनका पक्ष वा विपक्षमा वहस गर्नु भन्दा पहिले भाग्ने गरेका छन् । ओली निकट मानिएका नेताहरुलाई डाक्टर केसीको आन्दोलनका बारेमा टेलिभिजनमा छलफल गर्नु परो भनेर वोलाउदा कार्यक्रम प्याक रहेको तथा आफु समय दिन नसक्ने र आफुलाई सन्चो नभएको बहाना वनउने गरेको गुनासो टेलिभिजन पत्रकारहरु गर्ने गरेको पत्रकार वृतमा चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    JN Marasini

    Good news yo kaalo kangresako kartut janataa samu chirnai parx ?

    Comment Author

    Shreejan Bhansakarya

    राम्रो। बाघ को चाल मा।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?