​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट

सारांश

  • काठमाडौं,८ साउन ।
  • नेपालमा दुर सञ्चार सेवा प्रदायकहरुले टेलिफोन शुल्कको मूल्यबृद्धि गरिरहेको बेला भारतमा भने जम्मा १६ पैसा प्रति मिनेटमा कुरा गर्न पाइन्छ ।
  • भारतमा टेलिकम कम्पनीहरुका बीचमा चलेको चर्को प्रतिस्पर्धाका कारण शुल्क घट्दा उपभोक्ताले लाभ लिन सफल भएका छन् ।

काठमाडौं,८ साउन । नेपालमा दुर सञ्चार सेवा प्रदायकहरुले टेलिफोन शुल्कको मूल्यबृद्धि गरिरहेको बेला भारतमा भने जम्मा १६ पैसा प्रति मिनेटमा कुरा गर्न पाइन्छ । भारतमा टेलिकम कम्पनीहरुका बीचमा चलेको चर्को प्रतिस्पर्धाका कारण शुल्क घट्दा उपभोक्ताले लाभ लिन सफल भएका छन् । सात वर्षको अवधीमा भारतमा टेलिकम शुल्क ६६ प्रतिशतले घटाइएको छ ।

भारतका प्रख्यात टेलिकम कम्पनी रिलायन्स, जिओ टेलिकम कम्पनी सञ्चालनमा ल्याएपछि भारतमा मोवाइल शुल्कमा ६६ प्रतिशत घटेको विवरण हालै सार्वजनिक गरिएको छ । सन् २०११ मा मोवाइलको कल प्रतिमिनेट ४८ देखि ५१ पैसा भारु रहेकोमा यो वर्ष घटेर १६ पैसामा झरेको जनाइएको छ ।  नेपालमा भने प्रतिमिनेट दुई रुपैयाँ हाराहारी शुल्क असुली भइरहँदा समेत नियमनकारी निकाय मौन रहँदै आएका छन् ।

नेपालको दुरसञ्चार शुल्क विश्वका अन्य धेरै देशहरुको तुलनामा निकै महंगो रहेको छ । जसका कारण अन्तर्राष्ट्रिय कम्पनीहरुले नेपालमा लगानी गर्न आँखा लगाइरहेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    सर, कुन चिज सस्तो छ नेपालमा? कमिसन, भ्रष्टाचार र डन्डहिनता बाहेक ।

    Comment Author

    Sundar Khatri

    Ho hajur loot chha .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?