प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
४६ पटक हेरिएको
Shares
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै

सारांश

  • अस्बिन खड्का उदयपुर, ९ साउन ।
  • पूर्वी नेपालमा हालसम्म एनालग प्रणालीमा सञ्चालन हुँदै आएका सबै टेलिभिजनहरु बन्द गरिएका छन् ।
  • एनालग टेलिभिजनहरु बन्द भएपछि डिशहोमको माग ह्वात्तै बढेको छ ।

अस्बिन खड्का

उदयपुर, ९ साउन । पूर्वी नेपालमा हालसम्म एनालग प्रणालीमा सञ्चालन हुँदै आएका सबै टेलिभिजनहरु बन्द गरिएका छन् । एनालग टेलिभिजनहरु बन्द भएपछि डिशहोमको माग ह्वात्तै बढेको छ ।

सञ्चार मन्त्रालयका इञ्जिनियर अनिल भुजेलको नेतृत्वमा पूर्व आएको अनुगमन टोलीले प्रदेश १ को विराटनगर, इटहरीमा छडके अनुगमन गरी एनालग सिष्टममा सञ्चालित केवल नेटवर्कहरुमा छापा मारी बन्द गराएको हो । सोही क्रममा इटहरीमा रहेको पशुपति केवल नेटवर्क र सुनसरी केवल नेटवर्कमा सो टोलीले छडके अनुगमन गरी बन्द गराएको हो ।

पटकपटक डिजिटल प्रविधिमा जान अनुरोध गर्दा पनि नटेरेपछि टोलीले अनुगमन गरी बन्द गराएको हो । सञ्चार मन्त्रालयले गत २०७५ बैशाख १५ गतेदेखि नै सम्बन्धित केवलहरूलाई पत्राचार गरी तत्काल एनालग सिस्टम बन्द गर्न आग्रह गरेको थियो । एनालग बन्द भएपछि अब च्यानल हेर्न अनिवार्य सेटअप बक्स खरीद गरिनुपर्ने र एनालग सिष्टम बन्द गरेपछि प्रदेश १ मा रहेका एनालग सिष्टमका सबै टेलिभिजन बन्द भएका छन् ।

सरकारले धेरैपटक एनालग टिभीहरु बन्द गर्न भने पनि अटेर गरिएपछि मन्त्रालयले छापा मार्न थालेको हो । छापा मारेर एनालग बन्द नगरेको पाइएमा बन्द गराउन लगाइएको मन्त्रालय स्रोतले जनाएको छ । यसैगरी मन्त्रालयले देशभरका अन्य जिल्लाहरुमा पनि छापा मार्ने र एनालग टिभी बन्द गराउने कार्यलाई तीब्रता दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
1xbet Mobile Yukle 1xbet Apk & App Android, Iphone Ilə Idman Mərcləri Üçün Mobil Proqramlar 1xbet Co
बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरेको मन्त्रीको आरोप
बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरेको मन्त्रीको आरोप
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
How To Start A Good Online Casino
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा
निकोलस भुसाल रिहा
निकोलस भुसाल रिहा
राष्ट्रियसभा निर्वाचनमा आचारसंहिताको कडा पालना गरिने