गुल्मीमा एक लाख घुससहित सब इन्जिनियर पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गुल्मीमा एक लाख घुससहित सब इन्जिनियर पक्राउ

सारांश

  • काठमाडौं, १२ साउन ।
  • गुल्मी जिल्लामा घुस लिँदै गरेको अवस्थामा एकजना शव इन्जिनियर पक्राउ परेका छन् ।
  • तम्घास–सिमलटारी–प्युठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् ।

काठमाडौं, १२ साउन । गुल्मी जिल्लामा घुस लिँदै गरेको अवस्थामा एकजना शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास–सिमलटारी–प्युठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् ।

सब इन्जिनियर झालाई शनिवार बिहान उनकै कोठामा घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो । सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बस्ने झाले आज निर्माण कार्यमा संग्लग्न व्यवसायीलाई “रनिङ्ग बिल” भुक्तानीका लागि रकमसहित बोलाएका थिए ।

अख्तियार सोही सूचना प्राप्त गरी बुटवलबाट गुल्मी पुगेको थियो । टोलीले झालाई कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?