बैंक अफ काठमाण्डूको भाइबर बैंकिङ्ग सेवा
सारांश
- काठमाडौं ।
- बैंक अफ काठमाण्डूले शुक्रबार देखि भाइबर बैंकिङ्ग सेवा सुरु गरेको छ ।
- बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर यो सुविधा संचालन गरेको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डूले शुक्रबार देखि भाइबर बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर यो सुविधा संचालन गरेको हो ।
भाइबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइलबाटै आफ्नो खाता र अरु बैंकिङ्ग सेवाबारे जानकारी लिनसक्ने व्यवस्था गरिएको छ ।
रजिष्टर्ड भाइबर बैंकिङ्ग सेवा लिनका लागि ग्राहकको मोबाईल नम्बर यस बैंकको बीओके स्मार्ट बैंकिङ्ग सेवामा दर्ता गरिएको हुनुपर्ने बैंकले जनाएको छ ।
भाइबर बैंकिङ्ग सेवामार्पmत आफ्नो खातामा रहेको रकम, स्टेटमेन्ट, एकाउन्ट जानकारी लगायत विनिमय दर, बैंकिङ्ग समय, शाखा र एटिएम स्थानलगायत अरु जानकारी लिन सकिन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया