एमाले सांसद चढेको गाडीमा ढुंगामुढा, ड्राइभरले गाडी प्रहरीकोमा पुर्‍याएर जोगाए.

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमाले सांसद चढेको गाडीमा ढुंगामुढा, ड्राइभरले गाडी प्रहरीकोमा पुर्‍याएर जोगाए.

सारांश

  • महोत्तरी, जेठ ३० – महोत्तरीको औरही गाउँपालिकामा नेकपा एमालेका सांसद चढेको गाडीमा ढुङ्गामुढा प्रहार भएको छ ।
  • महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साह सवार गाडी बन्दमा चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले मंगलबार बिहानै ढुङ्गामुढा गरेका छन् ।
  • बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् ।

महोत्तरी, जेठ ३० – महोत्तरीको औरही गाउँपालिकामा नेकपा एमालेका सांसद चढेको गाडीमा ढुङ्गामुढा प्रहार भएको छ । महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साह सवार गाडी बन्दमा चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले मंगलबार बिहानै ढुङ्गामुढा गरेका छन् ।

बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् । ढुङ्गामुढाबाट सांसद साहको गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ । ढुङ्गामुढा प्रहार पश्चात सांसद सवार गाडीका चालकले गाडी तिब्रगतिमा भगाएर ज्यान जोगाएको बताए । उनले भने, ‘हाम्रो गाडी आन्दोलनकारीहरुले बाटोमै छेक्यो । गाडी रोक्न स्लो गरेर आन्दोलनकारी छल्दै ज्यान जोगाउन बर्दिबास प्रहरीमा पुगेँ ।’

आन्दोलनकारीको ढुङ्गामुढा प्रहार पछि सांसद साहले ज्यान जोगाउन औरहीबाट १५ मिनटमै इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षाको लागि पुगेका थिए । अहिले सांसद इलाका प्रहरी कार्यालय बर्दिबासमा रहेका छन् ।

सरकारले असार १४ गते घोषणा गरेको स्थानीय तहको दोस्रो चरणको चुनावको विरोध गर्दै आएको राजपा नेपालले मंगलबारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको पहिलो दिन बन्दमा गाडी चलाएको भन्दै राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडीमा ढुङ्गमुढा प्रहार गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्र सम्सी हुँदै रामगोपालपुरबाट बर्दिवास आउँदै गर्दा औरही बजारमा सांसद साहमाथि राजपाका कार्यकर्ताहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण
पशुपतिमा गुठीको गोलमाल
पशुपतिमा गुठीको गोलमाल
मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा
मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए
कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए
अनुराधा कोइराला कांग्रेसमा
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता
पल शाह रिहा नहुने, उच्च अदालतद्वारा थुनामै राख्ने आदेश
पल शाह रिहा नहुने, उच्च अदालतद्वारा थुनामै राख्ने आदेश

तपाईंले छुटाउनुभयो कि?