सडक निर्माणको काम समयमा नहुँदा यात्रु मर्कामा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सडक निर्माणको काम समयमा  नहुँदा यात्रु मर्कामा  !

सारांश

  • दाङ, २४ साउन ।
  • तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
  • अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् ।

दाङ, २४ साउन । तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ । सो सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि बाटो खराब हँुदा समस्या हुने गरेको सो रुटमा गाडी चलाउँदै आएका चालक रविन ओलीले बताए ।

आफूहरु गाउँबाट जुनसुकै समयमा अटो चढेर तुलसीपुर बजारमा किनमेल गर्न जाने गर्दथ्यौँ तर अहिले बाटोको अवस्था निकै बेहाल हुँदा जान कठिनाइ हुने गरेको स्थानीय घनश्याम चौधरीले बताए । जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रहेको थारु राज दङ्गीशरणको ऐतिहासिक भग्नावशेष दरबारसमेत सुकौरामा नै पर्ने गर्दछ । अहिले बाटो समयमा मर्मत तथा कालोपत्रे नगर्दा त्यस भेगका नागरिक र दरबार क्षेत्र हेर्न जाने बाह्य तथा आन्तरिक पर्यटकलाई समेत आवतजावत गर्न निकै कठिनाइ रहेको छ । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाभित्र स्मार्ट सिटीको चर्चा हरेक
सार्वजनिक स्थान र चिया पसलमा बहसको विषय बनेको छ । तर स्मार्ट सिटीको अवधारणालाई हरेक गाउँले कच्ची सडक जसले छोटो दूरीमा उपमहानगरलाई जोडी रहेका छन् उनीहरुको मर्मत र कालोपत्रे नहुँदा तुलसीपुर बजार हिलाम्मे र फोहर बनेको सहजै देख्न सकिन्छ ।

आफूहरुले पटकपटक बिग्रिएको सडकमा ग्राबेल गर्न अनुरोध गर्दासमेत सम्बन्धित निकाय मौन भएको भन्दै सडक निर्माण कम्पनीलाई त्यहाँका नागरिकले गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । तुलसीपुर बजारदेखि १० किलोमिटरको दूरीमा रहेको सो सडक कालोपत्रे निर्माण गर्नका लागि प्यासिफिक बिल्डर्स काठमाडौँले रु छ करोड ६१ लाखमा सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिंए । उनका अनुसार २०७५ फागुनसम्म काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । तर हालसम्म सो सडकखण्डमा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । अहिले तुलसीपुर सुकौरा सडकखण्डको तीन किलोमिटर सडकमात्र कालोपत्रे भएको छ भने बाँकी सात किलोमिटर कालोपत्रे हुन बाँकी नै रहेको छ ।

सडक विस्तार र कालोपत्रेको काम शुरु हुन निर्माण कम्पनीले अझै केही समय लाग्ने बताएपछि स्थानीयवासी झनै चिन्तित बनेका छन् । ठेकेदारले उल्टै ठाउँठाउँमा अवरोध र बाटो बिगार्ने काम मात्रै गरेको भन्दै तत्काल स्थलगत निरीक्षण गर्न स्थानीयवासी प्रशासनसँग त्यहाँका नागरिकले मागसमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?