श्रीदेवी अहिले जीवित रहेको भए…

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
श्रीदेवी अहिले जीवित रहेको भए…

सारांश

  • पछिल्लो १५ वर्षमा मात्रै दुईवटा चलचित्रमा काम गरे पनि श्रीदेवीका शुभचिन्तक र फ्यानहरुको कमी छैन ।
  • उनी जीवित रहेको भए आज (अगस्ट १३) का दिन ५५ वर्षकी हुने थिइन् ।
  • श्रीदेवी ती खास अभिनेत्रीमा रहिन् जसले लिङ्ग र भाषाको सीमा पार गरिन् अनि हिन्दी, तमिल, तेलुगूसहितका भाषाका चलचित्रमा सुपरस्टार बनेर राज गरिन् ।

पछिल्लो १५ वर्षमा मात्रै दुईवटा चलचित्रमा काम गरे पनि श्रीदेवीका शुभचिन्तक र फ्यानहरुको कमी छैन । उनी जीवित रहेको भए आज (अगस्ट १३) का दिन ५५ वर्षकी हुने थिइन् ।

श्रीदेवी ती खास अभिनेत्रीमा रहिन् जसले लिङ्ग र भाषाको सीमा पार गरिन् अनि हिन्दी, तमिल, तेलुगूसहितका भाषाका चलचित्रमा सुपरस्टार बनेर राज गरिन् । गएको फेब्रुअरीमा दुबईमा उनको निधन भयो । निधनलाई लिएर धेरै विवाद पनि भयो । अहिले उनी छैनन् । तर सामाजिक सञ्जालमा उनले पोस्ट गरेका सामग्रीका आधारमा श्रीदेवीलाई जान्ने प्रयास गरेका छौँ ।

सामाजिक सञ्जालमा कस्ती थिइन् श्रीदेवी

एक अभिनेत्री बाहेक उनका अरु धेरै भूमिका थिए । ट्वीटरमा उनी प्राय गरी एक आमाका रुपमा प्रस्तुत हुन्थिन् । उनले ममताले भरिएका तस्बिर पोस्ट गर्थिन् जसमा छोरीहरु हुन्थे ।

बोनी कपूरको साथमा आइसक्रिम खाँदै गरेको तस्बिरमा उनी एक प्रेमिका देखिन्छिन् ।

कहिले उनी आफ्नो बुवालाई आदरले सम्झिने छोरीको रुपमा पनि प्रस्तुत भइन् । कहिले फेसन आइकन तर कहिले पेन्टरको रुपमा पनि उनलाई देखियो । श्रीदेवी पेन्टर पनि थिइन्, उनको यो कला कमलाई मात्रै थाहा छ ।

सन् २०१३ को जुनमा श्रीदेवीले ट्वीटरमा आफूले बनाएको पेन्टिङ्गको तस्बिर पोस्ट गर्दै लेखेकी थिइनन्, ‘यो मैले पेटिङ्गको सुरुवातमा बनाएको हो, थट्स ।’

View image on Twitterउनले छोरी जाह्नवीका लागि माइकल ज्याक्सनलाई श्रद्धाञ्जली स्वरुप बनाएको पेन्टिङ्ग पनि ट्वीट गरेकी थिइन् । श्रीदेवीका चलचित्र तर्फ फर्कने हो भने उनी ती केही व्यक्तिमा थिइन्, जसले बालकलाकारका रुपमा प्रशिद्धि पाएपछि अभिनेत्रीका रुपमा पनि ठूलो सफलता हात पारिन् ।

बालकलाकारका रुपमा प्रशिद्ध भएकाहरु हुर्किएपछि बिलय भए ।

श्रीदेवीको जादु


उनको सुरुवाति तमिल चलचित्र जुन एक पौराणिक कथामा बनेको थियो र ४–५ वर्षकी श्रीदेवीले भगवान मुरुगनको भूमिका निर्वाह गरेकी थिइन् । यो चलचित्रमा उनले आफ्नो दाजुमयी स्पर्शबाट एक रोगी बच्चालाई ठीक गर्ने भगवान मुरुगनको भूमिका गरेकी छन् । त्यहाँबाट सुरु भएको उनको यात्रा जहिले जादुमयी बन्यो । उनले आफ्नो भूमिका मात्रै होइन सम्पूर्ण चलचित्रलाई धेरै सुन्दर बनाइन् । चाहे त्यो सदमा होस् या चाँदनी वा इंग्लिस विङ्गलिस या लम्हे ।

सन् १९८५ मे को फिल्मफेयरको कभरमा श्रीदेवीको तस्बिर छापियो र उनलाई महारानीको उपमा दिइयो । हिन्दी चलचित्रमा उनी आएको केही वर्ष मात्रै भएको थियो त्यो बेला ।

उनको एउटै चलचित्र धेरै भाषामा बन्थ्यो, यो उनको लोकप्रियताको प्रमाण हो । ती चलचित्रमा हिरो फेरिन्थे तर हिरोइन श्रीदेवी नै हुन्थिन् । सन् १९८३ को चलचित्र मवालीमा जितेन्द्र, जयाप्रदा र श्रीदेवी थिए । त्यो चलचित्र तेलुगूमा श्रीदेवी र तमिलमा श्रीदेवी तथा रजनीकान्त थिए ।
यस्तै सदमा पहिले तमिलमा बन्यो, त्यसमा कमल हसन पनि थिए । हिन्दीमा पनि बन्यो र श्रीदेवी नायिका रहिन् ।

एक श्रीदेवी, भूमिका अनेक


श्रीदेवी नै हुन् जो नागिन बन्न सक्थिन्, चाँदनीमा एक आत्मसम्मानले भरिएकी युवती अनि लम्हेमा प्रेमको परिभाषालाई चुनौती दिने पूजा बनिन् । मिस्टर इन्डिया होस् या चालबाज वा इंग्लिस विङ्गलिस उनी चलचित्रका हरेक भूमिकामा अब्बल देखिइन् । सदमामा मनै हल्लाउने युवतीको भूमिका निभाएकी श्रीदेवीले इंग्लिस विङ्गलिसमा एक आमा, श्रीमती जो हिचकिचाउँदै घर बाहिर निस्कन्छे र केही गरेर देखाउने गृहिणी बन्छे, सबै भूमिका उस्तै न्यायले निर्वाह गरिन् ।

यो वर्ष उनले सदमाको ३५ औँ वर्ष बनाएकी हुन्थिन्, रजनीकान्तसँगको तमिल–कन्नड चलचित्र प्रियाको ४० औँ वर्ष र आफ्नो बिहेको २२ औँ वर्ष बनाउने थिइन् । अनि, छोरी जाह्नवीको पहिलो चलचित्र धडक पनि हेर्ने थिइन् ।

(बिबिसी हिन्दीका लागि वन्दना (भारतीय भाषाका टेलिभिजन एडिटर) ले तयार पारेको सामग्रीको अनुवाद हो । श्रीदेवीको जन्म सन् १९६३, अगस्ट १३ मा भएको हो । उनको २०१८, फेब्रुअरी २४ मा निधन भएको हो ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या
कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल
प्रदेश २ को संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन:सबै मिलेर अघी बढेमा मात्र देश बन्छ
प्रदेश २ को संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन:सबै मिलेर अघी बढेमा मात्र देश बन्छ
मतदाता शिक्षा तालीम
मतदाता शिक्षा तालीम
सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेस पदाधिकारी बैठकको निर्णय
सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेस पदाधिकारी बैठकको निर्णय
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
Federalism not expensive: Chief Minister Pokhrel
Federalism not expensive: Chief Minister Pokhrel
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
शेरबहादुर देउवा पनि मुछिए बालुवाटार जग्गा काण्डमा, जग्गा व्यक्तिको नाममा जानुमा देउबा जिम्मेवार
यि हुन स्वास्थ्य मन्त्रीकि छाेरी, जाे सन्नी लियोन भन्दा हट एण्ड सेक्सी छन्
यि हुन स्वास्थ्य मन्त्रीकि छाेरी, जाे सन्नी लियोन भन्दा हट एण्ड सेक्सी छन्

तपाईंले छुटाउनुभयो कि?