ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
सारांश
- डब्लिन ।
- आयरल्याण्डको डब्लिन सहरमा ९७७ क्रु द्वारा आयोजित ईशान प्रसाई मेमोरिअल साँझ भएको छ ।
- संगीतप्रेमी स्व.
डब्लिन । आयरल्याण्डको डब्लिन सहरमा ९७७ क्रु द्वारा आयोजित ईशान प्रसाई मेमोरिअल साँझ भएको छ । संगीतप्रेमी स्व. इशान प्रसाई एक होनहार युवा थिए । उनी जीवनका अनगिन्ति सपना लिएर उदाएका थिए । जो एउटा आफैमा सुन्दर कोपिला फक्रन नपाउदै झर्यो । १८ बषन्त पुरा नगर्दै हामी माझबाट सदाका लागि बिदा भएका उनको सम्झनामा सुमुधुर सांगीतिक कार्यक्रम मार्फत सम्झना गरिएको थियो ।

स्व. इशानको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलन गरी नेपाली दुताबास उपनियोग प्रमुख शरदराज आरनले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख आरनले स्व इशान प्रसाईलाइ सम्मान र सम्झना गर्ने महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने आयोजक ९७७ क्रु र इशान प्रसाई मेमोरिअल ट्रस्टको प्रसंशा गर्नुभयो ।
युवाको असामयिक निधनले हामी सबैलाई स्तब्ध बनाएको बताउँदै आउँदा दिनमा ट्रस्टलाइ के कस्तो सहयोग गर्न सकिन्छ र त्यसका लागि दुताबासबाट चाहिने सहयोगमा सकारात्मक रहेको समेत बताउनुभयो ।
विशेष अतिथि कवि दुश्यन्त भट्टराईले एक मार्मिक कविता बाचन गर्नुभएको थियो । गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाले आयोजकको कामको प्रसंसा गर्दै इशान प्रसाई ट्रस्टबारे प्रस्ट पार्नुभएको थियो १ त्यसैगरी अन्तरास्ट्रिय समन्वय समिति सदस्य राजन काफ्लेले इशानको शोकलाइ शक्तिमा बदल्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा आयरल्याण्डका विभिन्न ठाउँबाट नेपाली कलाकारको उल्लेख्य सहभागिता थियो । ट्रस्टको निमन्त्रणामा अतिथि कलाकारका रुपमा नलिना चित्रकारले मनमोहक गीतहरु मार्फत दर्शकलाई नचाउनुभएको थियो ।
त्यसैगरी सुवास मैनाली, आयरल्याण्डको विभिन्न ठाउँबाट कार्यक्रममा सहभागिता जनाउन सुभेच्छुकहरुको सहभागिता रहेको इशान प्रसाई मेमोरिअल ट्रस्ट आयरल्याण्ड कोर्डिनेटर भीम गौतम, राजकुमार महतले बताउनुभयो ।



प्रतिक्रिया